MENU

मेरो कथा मेरो भोगाई

बाकस भित्रको युवा ( कविता )

सिर्जना बस्नेत

छातीमा स्वाभिमान बोकेर

निधारमा पसिनाको बाढी बगाउँदै 
मरुभूमीको तापमा आइ सहँदा
त्यसबेला.....
आमाको आशिष
बुबाको आदेश
बहिनीको रुवाइ
मेरो विदाईमा  
पाठोले म्या म्या गर्दै
खुर बजायो 
तर घरको छानो चुहिएर
गिज्याउँदै
टाउकोमा बजारिन्छ
हिड्ने बेलामा
दुई जिउ कि श्रीमतीलाई
पेटमा सुमसुमम्याउँदै 
जीवनको यथार्थ
भोलि जन्मिने छोरीलाई 
टक्क रोकिएका आँसुले
सोध्ने छन सानीले
मिरमिरेमा
आँसु पुछिरहेकी उसकी आमालाई
आँगनमा देखिएको बाकसले
बताउनेछ बैंस ढल्नुको अर्थ
जुन बेला म 
अठार वर्षमा बाकस भर्न खाडी छिरेँ
फर्किएँ बाकसमै
मलाई माफ गर्नु आमा अभागीले
घरको छानो फेर्न सकेन 
बैंसको मिठास नपाउँदै यो युवा फर्कियो बाकसमा
बिलाउँदैछु माटोमा
मसँग
मेरो उमेरले झेली गर्‍यो 
युवाको बलले पनि जित्न सकेन
आमा
मलाई अर्काे जुनीमा बालखमै मायादिनु
नत्र
युवालाई त खाँदै छ खाडीले ।।

sirjanabasnet7{at}gmail{dot}com

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।