MENU

मेरो कथा मेरो भोगाई

आफ्ना प्रतिनिधि आएपछि अब त नागरिकले काम खोज्न विदेशिनु पर्दैन होला नी हैन ?

आकाश शेर्पा/ओखलढुङगा, हाल कुवेत ।

लगभग दुई दशक पछाडि भएको स्थानीय तहको चुनाव र लोकतान्त्रिक गणतन्त्रपछिको सरकारले सिंहदरबार गाउँ गाउँमा पुर्याउने भनिरहेका बेला म जस्ता युवाले अब त काम खोज्दै विदेश जानु पर्दैन होला भन्ने सोचेका होलान् । 

२०५४ सालमा भएको स्थानीय चुनावबाट चुनिएका प्रतिनिधिको पाँच वर्ष अवधी सकिएपछि जनप्रतिनिधि बिहिन भएको स्थानीय निकायले विकासको कामदेखि हरेक कुरालाई कर्मचारीमा मात्रै सिमित भएकोले देशमा बेरोजगार बढेको र विकासको गति धीमा भएको सबैलाई जानकारी छ ।

त्यसैले जनयुद्धको कारण देखाउँदै रोजगारीको लागि विदेश हिँड्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको थियो । कतिपयले बिचैमा आफ्नो पढाइलाई छाडेर त कतिले नचाहँदा नचाहँदै विदेश रोज्नु पर्ने अवस्था थियो । तर अहिले लगभग बीस वर्षको अन्तरालपछि भएको स्थानीय चुनाव अनि यसमा भएको जनसहभागिताले पनि स्वदेशमै रोजगारको लागि बाटो खुल्ने अनि विकासको आशा पलाएको छ । 

राजनीतिक दलको धेरै रस्साकस्सीसँगै प्रचण्ड सरकारले पहिलो र दोस्रो चरणको चुनाव गर्ने तालिका सार्वजनिक गरी चुनावको माहोल बनाएर संघीय संरचना अनुसार नै पहिलो र दोस्रो चरणको चुनाव दुई नम्बर प्रदेश बाहेकका सबै ६ प्रदेशमा शान्तिपूर्ण र उत्साहपूर्ण तवरले सम्पन्न गरेको निर्वाचनमा नेपाली नागरिकको उत्साहपूर्ण सहभागिताले खाडीको ५५ डिग्री घाममा पसिना बगाइरहने नेपालीले अब फेरि फर्केर विदेश आउन नपरोस भन्ने कामना गरिरहेका छन् । 

विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार र सामाजिक सञ्जालमा आएको तस्बिरमा हेर्दा एकाद ठाउँ बाहेक सबै ठाउँका मतदाता घाम पानी नभनी लाइनमा बसेर मतदान गर्न आफ्नो पालो कुरेर बसेको तस्बिर हेर्दा परदेशमा बसेर सोचिरहेका छौं अब चाहिँ नेपालमा गएर मैले पनि आफ्नो परिवारको साथ बसेर नेपालमै रोजगार पाउँछु ।

किनकी स्थानीय तहको चुनावमा म सहभागी नभए पनि मेरो परिवारले दिएको भोटबाट मेरो गाउँ ठाउँमा स्थानीय प्रतिनिधि पाएको छ । ती प्रतिनिधीले हाम्रा लागि रोजगारको सुनिश्चितता गरेर देश विकासमा लाग्ने छन भन्ने हामी सबैको आशा हो । 

पूर्वदेखि पश्चिम सम्मकै मतदाताहरुले स्वतः स्फूर्त ढंगले जनाएको उपस्थिती देख्दा देशमा अब शान्ति र स्थायित्व कायम भएर देश विकासमा अगाडि बढ्ने छ । अनि भावी सन्ततिले हामीले जसरी रोजगारीको लागि पराईको भुमिमा पसिना बगाउन जानू पर्ने छैन भन्ने लाग्छ ।

त्यसैले अबका निर्वाचित जनप्रतिनिधिबाट देशमै रोजगारको सुनिश्चितता होस भन्ने चाहना प्रवासमा रहेका नेपालीहरुको छ । चुनावी नारा पार्टीगत थिए । चुनावमा पनि त्यसरी नै लागे तर मत भने नागरिकले आफ्नो गाउँठाउँ अनि देश विकासमा लागेर देशमै स्वोरोजगार स्थापना गरियोस भन्ने हेतुले नै नागरिकले प्रतिनिधि चुनेका हुन् ।

नागरिकमा पक्कै पनि फलानो पार्टी ढिस्कानो पार्टी भन्ने छैन । सबैको सामाजिक स्तर बढोस शिक्षा, स्वस्थ, विकास र रोजगारकै कुरामा अढेको हुन्छन् । त्यसैले प्राय नागरिकका समस्याहरु प्रत्येक पार्टीले समेटको हुनाले देश विकासमा लाग्न आ आफ्नो स्वार्थ त्यागेर लाग्नुहोला । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।