MENU

मेरो कथा मेरो भोगाई

अबको चुनावमा हामीले विदेशबाटै भोट हाल्न पाउनु पर्छ

धरम केसी/पूर्वअध्यक्ष, एनआरएनए साउदी ।

निर्बाचन आयोगले फोटो सहितको मतदातासूची अद्यावधिक गर्ने बेला हामी प्रबासमा रहेका कारण भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा मतदान गर्नबाट बन्चित भयौं । प्रवासमै रहेर अद्यावधिक गराउने कुनै बिकल्प नपाउँदा हामी धेरै प्रवासी नेपाली नागरिकहरूको मतदाता सूचिमा नामै रहेन । 

म स्वयम तिनै पीडित र उपेक्षित मध्यमा परें । जो आफ्नो गृह जिल्लामा स्थानीय चुनाव भैरहेका बेला नेपालमै पुगेको भएतापनि मतदानको अधिकार प्रयोग गर्न सकिन । 

अब फेरी निकट भविश्यमै प्रदेश र केन्द्रीय सांसदको चुनाव हुन गैरहेको छ । निर्बाचन आयोगले अति छोटो समय साउन १ देखि १५ गतेसम्म पुनः मतदाता सूची अद्यावधिक गर्न लागेको र त्यसका लागि आ–आफ्नो गृह जिल्ला नै पुग्नुपर्ने भएकाले फेरी पनि हामी लाखौं प्रबासी नेपालीहरू विशेषतः वैदेशिक रोजगारीका कार्यरत नेपाली जो सँग नेपाली नागरिकता र नेपाली पासपोर्ट छ । हरेक दृष्टीकोणले योग्य र अधिकार सम्पन्न भएर पनि मतदानबाट वञ्चित रहँदै आएका छौं ।  हाम्रा लागि कमसेकम अब हुने चुनावहरूमा हाम्रो मताधिकार सुरक्षित गर्नका लागि एनआरएनले पहल गर्न जरुरी छ । 

नेपालका सम्बन्धित सरकारी निकायसँग संस्थाका तर्फबाट गम्भीर वार्ता गरी विदेशस्थित नेपाली नियोगहरूबाटै फोटो सहितको मतदाता सूची अद्यावधिक गर्न पाउनु पर्ने र विदेशबाटै मतदान समेत गर्न पाउने सुविधा मिलाउन अनुरोध छ । 

हामी गैर राजनैतिक संस्थामा आबद्ध रहेपनि व्प्यक्तिगत रुपमा कुनै न कुनै राजनैतिक दल प्रति आस्था राख्छौं । आफ्नो देशको शासन कुन पार्टी र कस्ता व्यक्तिहरूले गर्ने भन्ने बारेमा हाम्रो मत पनि प्रयोग गर्न पाउनै पर्छ । हाम्रो नोट चल्ने तर भोट नचल्ने मौजुदा प्रथा र प्रावधानमा समय छँदै सुधार होस् । यसका लागि यस संस्थाले सारा पवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै आवाज बुलन्ध गरोस् । हामी सबै साथमै हुनेछौं ।

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।