MENU

मेरो कथा मेरो भोगाई

७ वर्ष भयो साउदी बसेको, बाहिर घुमेको छैन

लक्ष्मण दाहाल ।

मेरो बासस्थान झापा हो । म हाल साउदी अरबको जुबैलस्थित रोयल कमिसनको अरबियन थर्मल एयर इन्डस्ट्रिज कम्पनीमा काम गर्दैछु । म सन् २०१० को जनवरी १८ तारीखमा आएको हुँ । जनवरी १९ तारीखमा काम गर्न थालेको थिएँ । 

मलाई सुरुमा सुपरभाइजरले क्लिनिङ्गको काम गर भनेर लगाउँनुभयो । त्यतिबेला मेरो तलव ८ सय रियाल थियो । मेरो २ वर्षको कन्ट्रयाक सकियो । अर्को दुई वर्षे कन्ट्रयाक १ सय ५० रियाल थपेर ९ सय ५० रियाल तलव पाउने गरि आयो । 

मासिक ९ सय ५० रियाल थापेर अर्को दुई वर्ष सकियो । फेरि थपिएको दुई वर्षे कार्यकालमा मेरो न्युनतम तलव १२ सय रियाल पुर्‍याउने कुरा भयो । तर घरबाट फोन गरेर श्रीमतीले भनिन् तपाईं तत्काल घर आउनु । घरमा केहि समस्या परेछ । 

कम्पनी कन्ट्रयाक गरेर मात्रै जा भनेपनि मैले पहिले घर जान्छु, फर्किएपछि कन्ट्रयाक गरौंला भनें । घर गएर आएपछि कन्ट्रयाकमा धेरै समय झुलायो । १३ महिना सम्म केहि कुरा नभएपछि मैले साधें कन्ट्रयाकको कुरा हुन छाड्यो त ?

अब दश प्रतिशत तलब बढाएर कन्ट्रयाक गर्नुपर्छ भन्यो । त्यसपछि मेरो तलब १२० रियाल बढ्यो । यो नियम सबैलाई लागू भएको थियो । यो पटक भने मेरो तीन वर्षका लागि कन्ट्रयाक भयो । पहिला ओधर टाइम ५ घण्टा हुन्थ्यो तर यस पटक देखि ३ घण्टा मात्र हुन थाल्यो । कामचाहिँ अहिले पनि क्लिनिङकै छ । 

म आफ्नो काममा इमान्दारीताका साथ लागिरहेको छु । मसँगै विभिन्न देशका कामदार पनि छन् । सबैसाथीहरु सँग मिलेर काम गर्छु । कम्पनी बाहिर खासै घुमेको छैन । मलाई काम गर्ने थलो थाह छ, अनि बास बस्ने ठाउँ थाह छ । जति काम गर्छु त्यो तलव महिनामा दिन्छ । घरमा नियमित फोन गर्छु र चिने जानेका केही साथीसँग मात्रै फोन गर्छु । फजुल खर्च गर्दिन । बचेको पैसा नियमित घर परिवारलाई पठाइरहन्छु । यस्तै छ हजुर परदेशको बसाई । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।