MENU

मेरो कथा मेरो भोगाई

​रामे दाइ अब त घर फर्क

छत्र लकाई खड्का/हाल मलेसिया

कहिलेसम्म रमाइलो गरेर हिँड्छौ यो बिरानो मुलुकको सहरमा ए रामे दाइ 
दिनरात नभनिकन रगत र पसिना बगाएर यसो दुई चार पैसा कमाउँछौं 
कहिलेसम्म यसरी तिमी यो बिरानो मुलकको सहरमा रमाउँछौ 
तिमीले गाउँ छोडेर हिँडेको पनि अब त १२/१३ वर्ष पूरा भयो 
तिमीले घरबाट बिदा लिएर हिँडेका बखतको तिम्रो त्यो बामे सर्दै हिँड्ने छोरा हरिकृष्ण आज लक्का जवान भएको छ 
कसैले तिम्रो बारेमा सोध्यो भने बाबा विदेशमा हुनुहुन्छ मात्रै यति छ उसको जवाफ 
कस्तो होला तिम्रो ढुङ्गा जस्तै कठोरता भएको मन कहिलेसम्म परदेशमा बसेर रुवाउँछौ परिवारलाई 
तिम्रा बाबा र आमा परदेशबाट फर्किएकाहरुलाई बाटोमा देख्दा तिम्रै बारेमा सोध्ने गर्छन्
बिचरा त्यो गाउँमा फर्किएको परदेशीले मलाई कुनै जानकारी छैन भनेपछि 
तिम्रा बुबा, आमा भक्कानिएर बाटोमै डाको छोडेर रुन्छन्
बिचरा तिम्री आमा तिम्रो बाटो हेरेर रोएको रोयै हुन्छिन्
तिम्रो पिरले बिचरा आमाको ज्यानै सुकेर गयो 
भाउजु पनि तिम्रै बाटो हेरेर बसेकी छन् यतिका बर्षसम्म आउछौं कि तिमी भनेर
कहिलेसम्म बस्छौ ए रामे दाइ त्यो बिरानो मुलुकको सहरमा रमाइलो गरेर
तिम्रा बुबा, आमा, बालबच्चा र श्रीमतीले तिमीलाई नै कुरेर बसेका छन् 
त्यसैले अब त आफ्नै गाउँ घर फर्क ए रामे दाइ ।।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।