MENU

मेरो कथा मेरो भोगाई

कार्यवाहक राजदूतलाई प्रश्न : मानव तस्करको संरक्षण मात्रै गरेको हो कि साझेदारी पनि छ ?

सन्तोष खडेरी/लमही, दाङ । हाल आबुधाबी, युएई ।

भिजिट भिसामार्फत युएईमा नेपाली युवालाई ल्याएर अलपत्र बनाउने क्रम बढिरहेको छ । समस्या समाधान हुनुपर्नेमा बढिरहेको छ । नबढोस् पनि कसरी । युएईमा रहेको नेपाली राजदूतावासको नेतृत्व गरिरहेका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सार्वजनिक रुपमै दलाललाई कारवाही गर्न सकिन्न भनेर उद्घोष गरेपछि समस्या समाधान होला भन्ने आशा मरिसकेको छ । 

प्रहरीले चोरलाई समाउन सकिँदैन भन्यो भने चोरको पल्ला कति भारी होला । समाजमा चोरीको अवस्था कति डरलाग्दो होला । युएईमा अहिले झण्डै झण्डै त्यस्तै छ । भिजिट भिसा मात्रै नभई तेस्रो मुलुकमा समेत नेपाली कामदार पठाउने ‘ट्रान्जिट’ भएको छ युएई  । कति युवा आए, कहाँ जान र को मार्फत आए भन्ने लेखाजोखा गर्न गाह्रो छ । युएईमै रोजगार दिने भनेर लाखौं रुपैयाँ खर्चेर विभिन्न म्यानपावर, ट्राभल्स एजेन्सी र दलाल मार्फत समेत नेपाली ल्याइएको छ । 

विभिन्न प्रलोभनमा पारेर यहाँ ल्याएपछि अघोषित बन्धक बनाउने, शारीरिक यातना, अमानवीय व्यवहार, दुव्र्यवहार गरिन्छ । त्यो पनि नेपालीद्वारा नेपालीलाई । स्थानीय कानून बमोजिम कागजपत्र नहुँदा युवाले अनाहकमा अपराधी बन्नु परेको छ । 

रोजगारीका लागि यहाँ आएका तर जोखिम मोलेर पनि नेपालीका हकहितमा लगातार रिपोर्टिङ गरिरहेका पत्रकारहरुले अलपत्र परेका यस्ता घटना बाहिर ल्याई दूतावासलाई जानकारी गराउँदा दूतावासले विज्ञप्ति जारी गरेर ‘पित पत्रकारिता’को आरोप लगाउनु र दूतावासले दलाललाई कारवाही गर्न सक्दैन भनेर सार्वजनिक घोषणा गर्नुले दूतावास र त्यसको नेतृत्व गर्ने कार्यवाहक राजदूतको भूमिका शंकास्पद देखिएको छ । त्यतिमात्र होइन्, देश तस्कर र दलालका अगाडि निरिह भएको जस्तो लाग्छ । 

झण्डै साढे चार लाख नेपाली युवा कार्यरत युएईमा केही दलाललाई छाडेर सम्पूर्ण नेपाली कामदारको औंला दूतावास र कार्यवाहक राजदूतमाथि फर्केको छ । र उनीहरु प्रश्न गर्दैछन्, यो घटनामा दूतावासको उदासिनता तस्करको संरक्षणसम्म मात्रै सिमित हो कि संलग्नता पनि छ । 

दूतावासमा पीडितले उनलाई अलपत्र पार्ने म्यानपावर, ट्राभल्सको विवरण र व्यक्तिको नालिबेली दिँदासम्म तिनीहरुलाई अनुसन्धानको घेरामा ल्याउन सकिएको छैन । कानुनको सर्वमान्य सिद्धान्तले के भन्छ भने कोही व्यक्तिलाई कसैले किटानी जाहेरी दिएमा प्रशासनले अनुसन्धानको घेरामा ल्याउनु पर्छ । थप प्रमाण जुटाउने दायित्व देशका सम्बन्धित निकायको हो । आफू निर्दोष रहेको प्रमाण जुटाउने कर्तव्य आरोपीको हो । तर यहाँ त त्यसलाई समेत लत्याइएको छ । तस्करलाई छुट दिइएको छ । 

कामदारका नजरमा कार्यवाहक राजदूत समेत दोषी बनेका छन् । आर्थिक प्रलोभनमा परे वा अरु के कारणले उहाँ तस्करका अगाडि थर्कमान छन् । यो किन हो भन्ने कुरा उहाँले सार्वजनिक रुपमा प्रष्ट पार्नुपर्छ । त्यति नभएसम्म उहाँको भूमिका संरक्षकको वा संलग्नता के को हो भनी बुझ्ने नागरिकले । दूतावास हाँक्न र अनियमितता गर्नेलाई कारवाही गर्न सक्नुहुन्न भने पद ओगटेर कुन नैतिकताले कहिलेसम्म विराजमान हुने महामहिम ज्यू । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

केप आरबी हिल्टन, साउदी अरेबियामा स्काफोल्डिङ्को काम गर्दै नेपाली कामदार। तस्बिरः अर्जुन गिरी / साउदी अरेबिया