MENU

मेरो कथा मेरो भोगाई

कोरियामा मेरो हैसियत के त ?

मधुसूदन ओझा/दक्षिण कोरिया ।

म जन्मेको देशमा परिवारको साथमै बसेर सपना पूरा गर्न सक्ने भए यति टाढाको देशमा आउने थिइन होला । जिविको पार्जनका लागि आफू बसोबास गरिरहेको ठाउँ छोडेर कोरियामा मजदुरी गरि जिउन बाध्य प्रवासी मजदुर हुँ म । 

कोरियामा प्रवासी मजदुरको निम्ति लागु गरिएको इपियसमा कम्पनी स्वइच्छाले परिवर्तन गर्न पाउने अधिकार  छैन मलाई । सबै निर्णय मैले होइन कम्पनी मालिकले गर्छ ।  किन कि म कम्पनी सँग त्यस्तो सम्झौता गर्न बाध्य छु । मजदुर कानून अनुसार मैले सेवा सुबिधा पाउनु मेरो अधिकार हो । मलाई कम्पनीले पनि राम्रै व्यवहार गर्नुपर्छ । 

मजदुरी गर्ने क्रममा कुनै दुर्घटनामा नपरी स्वस्थ्य भई जिउने अधिकार छ मलाई । तर कोरियामा ठिक बिपरित ब्यबहार गरिन्छ म माथी । सेवा सुबिधा र हक अधिकार माथी कुठाराघात गरिएको छ भने मजदुरी गर्ने क्रममा रोजगारदाताको लापरबाही (काम गर्दा सुरक्षा सम्बन्धि आवस्यक उपकरणको कमी) का कारण अकालमै ज्यान गुमाउन र अंग भंग हुन विवस छु म । 

दैनिक १३ घण्टा काम गरि महिनामा ३० दिन काम गरे बापत न्युनतम ज्याला समेत पाउदिन मैले । 

कोरियाली मजदुरले केही भएपनी मजदुर कानुनमा संरक्षण प्राप्त गरेको भए पनि मलाई कोरियामा मजदुरको दर्जाबाट कोषौं दुर दास बनाएर राखेको छ इपियसले । आफूमाथी भएको अन्यायको लागि न्याय माग्न सम्बन्धित निकायमा जाने हो भने उल्टो पीडितको कुरालाई भन्दा पिडकको कुरालाई मात्र प्राथमिकता दिइन्छ । 

विभिन्न झुटा आरोपमा सजाय पनि दिइन्छ कोरियामा मलाई । विदेशी भएकै कारण कार्य स्थलमा आफू भन्दा सानो उमेरको कोरियनले समेत होच्याएर हेर्छ मलाई । मेरो दैनिकी कार्यस्थलमा धम्की, कुटपिट, गाली गलौच र दुव्र्यवहारको सामना गरेर सुरु हुन्छ ।   

प्लास्टिकको घर, कन्टेनरमा मानिस बस्न सक्छ त्यो पनि लाखौ भाडा तिरेर ?

तर पनि म ट्वाइलेट, बाथरुम, पानी नभएको र ४० डिग्री तापक्रम भएको थोत्रो कन्टेनर जस्को एउटा कोठामा चार चार जनाको दरले लाखबढी भाडा तिरेर बस्न विवस छु ।

बर्षायाममा पानी भित्र पस्ने बोइलर बिनाको कोठाको लाखौं भाडा तिरेर बस्न बाध्य बनाइएको छ मलाई । काम गर्दै गर्दा कामको कारण वा अन्य कुनै कारण बिरामी भएपनि चुपचाप सहिबस्नु पर्छ । उपचार गर्न वा कामको कारणले भए कार्यस्थल परिवर्तन गर्न मिल्दैन । उल्टो काम  गर्न मन नभए आफ्नो देश फिर्ता जान र होइन भने काम गर नभए गैरकानुनी बनाइदिन्छु भनि धम्की दिने गरिन्छ मलाई । कोरिया मा महिला दिदी बहिनी लाई कानुनमै पुर्ण अधिकार भए पनि म माथी भने कार्यस्थलमा हातपात र अभद्र व्यबहार गरिदा समेत ठूलै प्रमाण जुटाउनु पर्ने हुन्छ मैले ।

के म जवर्जस्ती आएको हुँ त ?

अवस्य पनि होइन कम्पनीलाई मेरो आवास्यकता परेको हो । तर  म माथि कोरियामा  जवर्जस्ती पसेको घुस पैठियाको जस्तो व्यबहार गरिन्छ । अपराधीक गतिविधि गर्ने अपराधी सोचिन्छ र खानै नपाएर आएको कंगाल जस्तो नजरले हेरिन्छ । रोजगारदातालाई मैले गधाले जस्तो काम गर्न सकिन, सधै उसको बफादार दास जस्तो भएर नजर झुकाइन र कम्मर भाच्चिने गरि ढोगिन  भने राम्रो मानिदैन मलाई । 

कार्य स्थलमा धम्की, कुटपिट, गाली गलौच र अनेकन अभद्र व्यबहारको सामना गरिराखेको छु म ।

के म योन हिंसाको सिकार हुन, कुटपिट र गाली सहन कोरिया आएको हु त ?

कोरियन नागरिकलाई ठेगना सोधेकै भरमा जेल जानु पर्छ मैले । तर कार्यस्थलमा म माथी कुटपिट, गाली गलौच, दुव्र्यवहार भैइरहँदा प्रमाणित गराउन गाह्रो हुन्छ । के म विदेशी भएकै कारण यसो भएको हो त ? कोरियामा मैले विभिद धार्मिक, जातिय, वर्णिय विभेदको सामना गर्नु परेको छ । मैले कोरियाको सार्वजनिक स्थानया सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मलाई फरक दृस्टिकोणबाट हेर्ने गरिन्छ । म पनि अरु जस्तै मानिस अनि मजदुर हो ।

अभद्र ब्यबहार गर्दा किन यसको विरुद्धमा कुरा उठाउन सक्दिन त म ? म कोरियन नागरिक नभएकै कारणले किन भेदभाव भोग्नु परेको होला ? कोरियन सरकारले प्रवासी मजदुरको आवस्यकता परेर ल्याएको भए पनि किन दासको जस्तो ब्यबहार गर्छ ममाथि । 

म स्वयमले मेरो अधिकारको बारेमा आवाज उठाइन भने अरु कसैले मेरो अधिकारको निम्ति  आवाज उठाउने वाला छैन । चुपलागेर बसेमा मेरो अधिकार प्राप्त हुनेवाला छैन । त्यसकारण मेरो अनि तपाईं हामी सबै प्रवासी मजदुरको हक अधिकारका निम्ति, आफू खुशी कम्पनी परिवर्तन गर्न पाउने नियम सहितको डब्लुपियसका लागि र प्रवासी  मजदुर माथी गरिने विभिन्न भेदभाव अन्तका लागि दवाव शृजना गरौं ।

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।