कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 बैशाख ३१, २०७६ मंगलबार ९:१२:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९२ पैसा तोकिएको छ । हिजो खरिददर ३६७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २६ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०० रुपैयाँ १५ पैसा छ । हिजो खरिददर २९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४४ पैसा थियो ।

मंगलबार कोरियन वनको भाउ भने बढेको छैन । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा थियो ।
 

तपाईको प्रतिक्रिया