बुधबार विदेशी मुद्राको भाउ घट्यो

 जेठ १, २०७६ बुधबार १०:५:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार केही बढेको अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका ै विदेशी मुद्राको भाउ बुधबार घटेको छ । 

आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ४० पैसा र बिक्रीदर ११३ रुपैयाँ तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा रहेको थियो ।

बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो खरिददर ३६९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ९२ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ २७ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८६ पैसा छ । हिजो खरिददर २९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०० रुपैयाँ १५ पैसा थियो ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३  पैसा थियो।
 

तपाईको प्रतिक्रिया