MENU

मेरो कथा मेरो भोगाई

विदेशमा कसरी सुरक्षित हुने भन्ने जान्न किताब पढ्दैछु

रोहित चौधरी/कैलाली ।

अहिले म २२ वर्षको भएँ । नागरिकताका आधारमा भने १८ वर्षको मात्रै भएँ । नागरिकतामा चार वर्ष उमेर घटाएको छ । हिजोआज म मेसनको काम गरिरहेको छु । 
यो कामबाट महिनाको १५ हजार रुपैयाँसम्म कमाउँछु । तर पैसा बच्दैन । त्यही भएर विदेश जान पाएँ भने अहिले कमाए जति बचाउन सक्छु कि भन्ने सोचेर विदेश जान लागेको हुँ । 

घरमा आमाबुवा, तीन जना दिदीहरु हुनुहुन्छ । एक्लो छोरो हुँ । बुवाआमाले मलाई विदेश जा नजा केही भन्नुभएको छैन । म आफैंले विदेश जाने निर्णय गरेको हुँ । हुन त मलाई पनि विदेश जाने रहर त छैन । तर मैले कमाइन भने कसले कमाउँछ त भन्ने लागेर जान लागेको हुँ । 

पासपोर्ट बनाउन निवेदन दिएको छु । गाउँकै एजेण्टले मलाई विदेश पठाइदिन्छु भनेको छ । पासपोर्ट बनाउन आउँदा प्रशासनबाटै सूचना केन्द्रमा पठाइदियो । यहाँ आएपछि विदेशका बारेमा धेरै कुरा बुझ्ने मौका पाएँ । 

यहाँबाट मलाई विदेश, विदेशमा गरिने काम, जानु अघि बुझ्नुपर्ने कुरा, समस्यामा परियो भने के गर्ने भन्ने जानकारी समेटिएको एउटा किताब दिनुभएको छ । अहिले म त्यही किताब पढिरहेको छु । 

पासपोर्ट हात परेपछि एजेण्ट वा म्यानपावरकै माध्यमबाट विदेश जाने हो । तर उनीहरुले भनेका सबै कुरा आँखा चिम्लेर विश्वास गर्दिन । मैले पढेर बुझेको अनि सूचना केन्द्रमा थाहा पाएको भन्दा केही फरक पर्‍यो भने फेरि पनि केन्द्रमै गएर बुझ्छु । अनि मात्रै जान्छु । चित्त बुझेन भने अहिलेको काम त छँदैछ । 


(मोहन पौडेलसँगको कुराकानीमा आधारित)  
 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।