MENU

मेरो कथा मेरो भोगाई

सपना चिहान पुगेपछि

मार्को कुआन लङ लाम

जब म सेन्टर फर माइग्रेसन एण्ड इन्टर्नेशनल रिलेसन्स (सिएमआइआर) मा आए म एकदमै उत्साहित थिएँ । सिएमआइआरमा साथीहरुले नेपाली प्रवासी कामदारका अवस्थाको बारेमा बताउनुभयो ।

मलाई बेग्लै अनुभव त भएको थियो तर मलै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा देखेको एउटा दृश्यले छक्क बनायो । म र मेरो साथी बसन्त घिमिरे विदेशमा आफन्त गुमाएका परिवारलाई शव बुझ्नका लागि सहयोग गर्न विमानस्थलमा पुगेका थियौं ।

विदेश जान ठिक्क परेका निलो टोपी लगाएका केही युवा चनाखो भएर एजेन्टका कुरा सुनिरहेका थिए । युवाको हातमा बोर्डिङ पास, पासपोर्ट र श्रम अनुमतिपत्र लिएर उभिएका थिए ।

तैपनी उनीहरु अरु यात्री जस्तो आतुर र उत्साहित देखिँदैन थिए । उनीहरु मध्येका धेरै जना निराश र अलमलमा देखिन्थें । उनीहरु प्रस्थान ढोकामा पुगे । जुन ढोकाबाट वैदेशिक रोजागारीमा जाने कामदारले मात्रै प्रयोग गर्न पाउँछन् ।

उनीहरुको भिडियो खिचेर म विदेशबाट फर्किनेहरु निस्किने गेट तर्फ लागें । जहाँ दुई वटा कफिन चारवटा लगेज सहित थिए । म पर्वतका २० वर्षका जितेन्द्रको शव कुरिरहेको थिएँ । उनको ७ महिना अघि युएईमा मृत्यु भएको थियो । पोष्टमार्टममा रिपोर्टमा उनले आत्माहत्या गरेको उल्लेख थियो । कम्पनीले उनको शव झण्डै एक महिनामा नेपाल पठाएको थियो । जितेन्द्रको जस्तै त्यो दिन तीन वटा शव नेपाल आएको थियो ।

झण्डै १० जनाले शवलाई ट्रकमा राखे । सबैजना चुपचाप थिए । जबरजस्ती आफ्नो पीडा लुकाए झैं । कफिनलाई ट्रकमा राखेपछि दुई जनाले फूल राखे, झुके अनि रोए । यो दृश्यले म सम्हालिनै सकिन् । 

अब जितेन्द्रको शवलाई घर लगिँदै थियो । १३ दिनको काम सकेर उनको परिवार सरकारबाट पाउने क्षतीपूर्तिको सहायताका लागि हाम्रो कार्यलयमा सहयोगका लागि आउने छन् ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यसैगरी दिनहुँ तीन देखि चारवटा शव आउछन् । दिनहुँ यो दृश्य दोहोरिरन्छन् । अहिले सम्म सयौंको मौनता र आँसुको साक्षी बनेको छ विमानस्थल ।

विशेषगरी मध्यपूर्वका देश र मलेसियामा काम गर्ने युवाको शव आउने गर्छ । सन २०१४/१५ को तथ्याङ अनुसार रोजगारीका लागि विदेश गएका एक हजार चार जना युवाको विदेशमा मृत्यु भएको छ । हट्टाकट्टा नेपाली युवा रोजगारीका लागि विदेश जान्छन् अनि यसैगरी बाकसमा फर्कन्छन् । यो नेपालमा समान्य जस्तै भएको छ ।

(सेन्टर फर माइग्रेसन एण्ड इन्टर्नेशनल रिलेशन्स (सिएमआइआर) को अनलाइन संस्करणबाट भाषान्तरण गरिएको )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।