MENU

मेरो कथा मेरो भोगाई

​फ्रि भिसा, फ्रि टिकको लाभ लिए म्यानपावर व्यवसायीले

– कृष्णशोभा सुवाल

धेरै नेपाली रोजगारीका लागि जाने सात देशमा दुई वर्ष पहिले फ्रि भिसा, फ्रि टिकट लागु गर्‍यो । निर्णय गर्नासाथ राम्रो निर्णय भन्दै चौतर्फि प्रसंशा पनि भयो । विदेश जाने युवालाई राहत दिने यो निर्णय कार्यन्वयन भएको भए थप प्रसंशनिय बन्थ्यो । 

निर्णय गर्दा भनिएको थियो, गन्तव्य देशले सबै खर्च व्यहोर्ने छन् र नव्यहोरेको खण्डमा मात्र म्यानपावर कम्पनीले १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् । निर्णय भएपछि म्यानपावर व्यवसायीले विरोध गरे । सरकार पछि नहटेपछि एउटा छलफलले सहमती गरेको कुरा बाहिर आयो । के कुरामा मिल्यो भन्ने कुरा प्रस्ट कसैलाई थाहा दिइएन । 

म्यानपावर व्यवसायीले आफ्नै हिसावले व्याख्या गरेभने सरकारले निर्णय कार्यन्वयन भएरै छाड्ने अडान देखायो । नभन्दै वैदेशिक रोजगारीमा जाने कामदारले १० हजार रुपैयाँको रसिद पाउन थाले । तिर्ने रकम भने पहिलाको भन्दा कम भएन । 

म्यानपावर कम्पनीलाई श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभाग तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु भनेझैं गरेर बस्यो । कामदार ठगिन छाडेनन् बरु ठगिएपछि पाउने क्षतिपूर्ति कम भयो । कामदारसित १० हजार भन्दा बढि तिरेको प्रमाण भएन । बढी पैसा तिरेपनि दावि गर्ने आधार गुमाए । 

निर्णयकै आधारमा फ्रि भिसा फ्रि टिकटमा जान खोजेका कामदार दुई तिरको मारमा परे । म्यानपवार कम्पनीले कुनै पनि हालतमा न्युनतम लागतमा नपठाउने, सरकारले फ्रि भिसामा जाओ भन्ने तर बढी पैसा माग्छ भन्दा कारबाही गर्न नसक्ने । 

वैदेशिक रोजगार व्यवसायीले भने पुराना माग भन्दै लामो समयसम्म बढी पैसा लिने मौका पाए । यतिसम्म पनि भनेकी न्युनतम लागतको निर्णयले वैदेशिक रोजगारीमा जाने कामदार घटे, देशको अर्थतन्त्रमा नकरात्मक असर पर्न थाल्यो । 

खुलेआम नेपाली युवालाई ठग्न सकृय व्यवसायीले देशको अर्थतन्त्रमा चिन्ता गर्नु कहाँसम्मको नौटंकी थियो । यो निर्णय नहुँदा पनि थोरै कामदार न्युनतम लागतमा विदेश गएका थिए । अहिले पनि त्यो भन्दा बढीले न्युनतम लागतमा जान पाएनन् । नियमन गर्ने निकाय चुप लागेर बस्ने रहस्यमय अवस्था रहेसम्म कामदार ठगीको श्रंखला दोहोरिरहने छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।