MENU

मेरो कथा मेरो भोगाई

वैदेशिक रोजगार (कविता)

जुना केसी

यो देशको जनशक्ति वैदेशिक रोजगारमा

सही सूचना र सीप तालिम पुर्याऔं घर घरमा ।
वेरोजगारी यूवा दलालले ठग्गछन् भन्ने डरमा
देश चलेको छ रेमिटान्स्को भरमा ।  

वेरोजगारीलाई रोजगार दिने नाममा ठगेका छन्
आरसीसी घर, सन्तान विदेश बैंक भरेका छन् ।
गरिवले साहुको ऋण तिर्दा तिर्दै पछि परेका छन्
दलाली चाही मालामाल गरिब नै मरेका छन् ।

गाउँघर शुन्य अनि खेतबारी छन् बाँझै
सन्तान सम्झी अभिभावक रोईरहन्छन् सधैँ ।
बर्षौ बिते विदेशमा घर फर्कने टुग्गो छैन् अझै
घरको याद आएपनि बिर्सनै नसक्ने साहुको ऋणको बोझै ।

परियोजनाले सुरु गरेको सन्देशमुलक काममा
सूचना र तालिम केन्द्र खोलौं धेरै ठाममा ।
दलालीले युवा ठग्ने वैदेशिक रोजगारकै नाममा
हामी सबै जुटौं अब यसको समधानमा ।
                                 

 

जुना केसी : परामर्शकर्ता, सामी परियोजनाद्वारा सञ्चालित सुचना तथा परामर्श केन्द्र, कास्की

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।