MENU

मेरो कथा मेरो भोगाई

​युरोप भनेर भ्रममा नपर्नु, साइप्रसमा नेपाली कामदारको विजोग छ

दिनेश गौतम हरिजन ।

नेपालका धेरै म्यानपावरले साइप्रसबाट विभिन्न कामका माग ल्याएका छन् । धेरैजसो डिमाण्ड साइप्रसको म्यानपावरले नेपालको म्यानपावरलाई दिने प्रकृतिको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डमा त्यति समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । साइप्रस युरापियन देश भएकाले पनि यहाँ घरेलु कामका लागि आर्कषण धेरै छ । 

साइप्रसमा घरेलु कामदार (हाउसमेड)का रूपमा आउने कामदारले पैसा तिर्न पर्दैन । साइप्रसको घरेलु कामदार निर्देशिकाले घरेलु कामदारका लागि निःशुल्क लागतको व्यवस्था गरेको हो । घरेलु कामका लागि साइप्रस आउनका लागि कुनै शुल्क बुझाउनु नपर्ने भएपनि म्यानपावरले तीनदेखि चार लाख रुपैयाँ लिने गरेका छन् ।

डिमाण्डमा एजेन्ट 

नेपालबाट कामदार साइप्रस पठाउँदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड ल्याउन निकै गाह्रो छ । साइप्रसका  एजेन्टहरुलाई एकजना कामदार वापत एक लाख रुपैयाँ भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइने म्यानपावर सञ्चालक बताउँछन् ।

एजेन्टलाई बुझाउनु पर्ने रकम र साइप्रस पठाउनका लागि प्रक्रियामा रकम खर्च हुने भएकाले लागत बढ्न जान्छ । अचम्मको कुरा त साइप्रस आउनृ कामदारले यहाँका दलाललाई कमिसन बोकेर आउन पर्छ । 

साइप्रसको नियम अनुसार घरेलु कामदारले तीन वटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानूनी सुविधा छ । तर सुविधा भएपनि स्पोन्सर भेटिन निकै समस्या हुन्छ । केही गरी काम गरिरहेको स्पोन्सर मन परेन र नयाँ स्पोन्सर खोज्नुपर्‍यो भने नयाँ कामको खोजीमा नै समय खर्च हुन्छ । यतिकै काम पाउन सजिलो छैन । त्यसको एउटै विकल्प भनेको फेरि एजेन्टलाई पैसा दिएर काम खोज्न लगाउने हो ।

म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या भने जस्तो काम नपाउनु हो । नेपालका म्यानपावरहरुले चिल्ला कुरा गरेर पठाउँछनु तर यहाँ आएपछि काम नपाएको धेरै नेपालीको गुनासो छ ।

घरेलु काममा आएका कतिपय महिला कामदारले शारीरिक र मानसिक यातना सहनु परेको छ । यति सहेर काम गर्दा पनि तलव नपाउने समस्या त छँदैछ ।

७० प्रतिशत भन्दा बढी समस्यामा 

साइप्रस महिलामा लागि घरेलु काम निकै राम्रो छ भन्दै म्यानपावरले प्रलोभनमा पार्छन् । वास्तविकता यहाँ आएर भोग्ने महिलालाई मात्र थाहा होला ।

पछिल्लो समय साइप्रस जाने मध्येमा ९० प्रतिशतको हाराहरीमा महिला कामदार रहेका छन् । त्यसमा मध्येबाट ७० प्रतिशत भन्दा धेरै समस्यामा परेका छन । साइप्रसमा नेपाली कामदार समस्यामा परेको अहिले मात्र हैन । पहिलेदेखि नै नेपाली कामदार समस्यामा परेपनि सरोकारवाला निकायले चासो देखाएको पाइदैन ।

नेपालदेखि साइप्रससम्म दलालहरुको सेटिङ हुने र त्यसमा पनि केही ठूलाबडाकै हात हुँदा नेपाली कामदार झन मारमा परेका छन । त्यसकारण साइप्रस आउनु अघि तपाईं हामी नै चनाखो हुन आवश्यक छ ।  

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।