MENU

मेरो कथा मेरो भोगाई

अवैधानिक भएर काम गर्दा पुलिसदेखि भाग्दा भाग्दा हैरान भएँ

रुस्तम अन्सारी/सुनसरी ।

२०६५ वैशाखमा जहाजबाट कतारको विमानस्थलमा अाेर्लदासम्म त त्यति साह्रो गर्मी थिएन । विमानस्थलबाट बाहिर निस्किएपछि त मलाई उम्लेकाे पानीमा डुबें झैं लाग्यो । 

म सुनसरीमा जन्मे हुर्किएको मान्छे । सुनसरीमा पनि गर्मी निकै हुन्थ्यो । तर कतारको गर्मी मेरो घरको गर्मी भन्दा चर्को थियो ।  घरमा गर्मी भयो भन्दै शीतल खोज्दै हिँडेको सम्झिएँ । कतारमा त जता हेरेपनि बालुवा मात्र । त्यसैले विमानस्थलबाट बाहिरिने बित्तिकै गर्मीले अत्यायो । 

घरमा खानलाउन दुःख थिएन । ठूलो जहाज चढेर परदेश पुगेपछि कमाइ होला जस्तो लागेको थियो । विदेश जान ऋण त काढ्नु त परेन, तर घरमा सुखैमा बसेको म घरकै पैसाले ठूलो चहाज चढेपछि पो दुःख सुरु भयो ।

एसएलसी पढेर कतार गएको थिएँ । घर बनाउने ठाउँमा तारहरु तान्नु पर्थ्याे । अग्ला अग्ला घरमा बोर्ड लगाउनु पर्ने अनि पाइप टाल्नु पर्थ्याे। सधैं एउटै काम हुँदैनथ्यो । धेरै काम गरेपनि कमाई भने जम्मा ६ सय रियाल (झण्डै १६ हजार रुपैयाँ) थियो । त्यसमा पनि खाना आफ्नै पैसाले खानुपर्ने । महिनाको ३ सय रियाल (झण्डै ८ हजार रुपैयाँ) जति बच्थ्यो ।

नेपालबाट नै काम सिकेर गएकाले मलाई काम गर्न त गाह्रो भएन । तर इन्जिनियरहरुको गाली सुन्दा साह्रै नरमाइलो लाग्ने । जति काम गरेपनि हाकिमको चित्त बुझाउन नसकिने । काम थोरै तलमाथि हुनासाथ काम नगर्ने भए घर पठाइदिन्छु भनेर गाली गर्थे । एक दिन मलाई इन्जिनियरले साह्रै गाली गर्‍यो । उसको र मेरो भनाभन भयो । मलाई कम्पनीले घर फर्काउने निर्णय गर्‍यो । 

मलाई त्यो बेला घर आउन मन थिएन। कतार पुगेको १० महिना भएको थियो । म कम्पनी छाडेर भागें । वैधानिक रुपमा काम गर्दा त त्यत्रो दुःख थियो । झन अवैधानिक भएपछि त के राम्रो हुन्थ्यो र । कम्पनी छाडेपछि मलै अर्को कम्पनीमा लेबरको काम पाएँ । काम चाहिँ सिमेन्ट, बालुवा बोक्न पर्ने थियाे । 

कमाई चाहिँ महिनाको ४० हजार रुपैयाँ जस्तो हुन्थ्यो । तर बस्ने ठाउँमा पुलिसले दिनहुँ छापा मार्ने । दिनभरी काम गर्‍यो । रातभरी निदाउन नसकिने । सुतिरहेकै ठाउँमा पुलिसले समात्ला भन्ने डर । त्यसैले पुलिसदेखि भाग्दा भाग्दा हैरान भएँ । पाँच महिना कतारको गर्मीमा कोठा बाहिर, कहिले कता कहिले कता सुतेर बिताएँ ।

साह्रै गाह्रो भयो काम गर्न । ज्यान जोगाउनै मुस्किल । अवैधानिक भएर काम गरेकाले होला मलाई सबैले नराम्रो व्यवहार गरे जस्तो लाग्थ्यो । । वैधानिक कामदारलाई भन्दा मलाई कम्पनीले गर्ने व्यवहार पनि अर्कै थियो । वैधानिक कामदारलाई मासिक रुपमा तलव दिन्थ्यो । तर मलाई दिइन्नथ्याे । वैधानिक रुपमा काम गर्नेहरुलाई मलाई भन्दा प्राथमिकता दिए जस्तो लाग्थ्यो । 

सुपरभाइजरले गाली पनि उनीहरुलाई भन्दा मलाई नै धेरे गर्थे । एकातिर पुलिसको डर अर्कातिर कम्पनीले वैधानिक कामदारलाई जस्तो व्यवहार नगरेपछि म भागेर नेपाली दूतावास गए । टिकटको बन्दोबस्त आफैँले मिलाएँ । दुई महिना जेल बसेर म नेपाल फर्किएँ । विदेशमा कम्पनी छाडेर अवैधानिक रुपमा कसैले काम नगरोस् । साह्रै दुःख पाइदो रहेछ ।

 सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।