विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्नेहरुलाई सरकारले सम्मान गर्ने

 असार ८, २०७६ आइतबार १४:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्नेहरुलाई सरकारले यस वर्ष पनि सम्मान गर्ने भएको छ ।

राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका यस्ता उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएकाले आवेदन दिन सरकारले भनेको छ ।

त्यसको लागि विदेशमा काम गरी फर्केका उद्यमी सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७३ को अनुसूची २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रोजगार समन्वय तथा सूचना शाखामा पठाउनुपर्नेछ ।

असार १६ गतेभित्र आवेदन दिनुपर्ने शाखाले जनाएको छ ।

उद्यमीहरुको योगदानको कदर र देशभित्रैको रोजगारीलाई प्रोत्साहन गर्न सरकारले उद्यमीहरुको लागि सम्मान तथा पुरस्कारको व्यवस्था गर्दैै आएको छ ।

तपाईको प्रतिक्रिया