एक महिनाभित्र नेपाल र मलेसिया सरकारको प्राविधिक समूहको बैठक बस्ने

 असार ९, २०७६ सोमबार १४:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एक महिनाभित्र नेपाल र मलेसिया सरकारको प्राविधिक समूहको बैठक बस्ने समझदारी भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिदै मन्त्री विष्टले एक महिनाभित्र प्राविधिक समुहको बैठक बस्ने र त्यही बेला बाँकी रहेका सबै कुराहरुलाई टुङ्गो लगाउने बताउनुभएको हो ।

मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाइसकेकाले  अबको केही दिनभित्र नेपालमा स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पुगेका संस्थाको छनौट प्रक्रिया टुंगो लाग्ने  पनि उहाँले जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका युवालाई ऋण दिने सन्दर्भमा १९ हजार प्रस्ताव छनौट गरी मन्त्रालयले सिफारिस गरेर पठाएको र केही बै‌कले प्रक्रिया अघि बढाइसकेको भन्दै उहाँले सबै युवाहरुले ऋण प्राप्त गरी स्वरोजगारीमा लाग्ने आशासमेत व्यक्त गर्नुभयो । 

तपाईको प्रतिक्रिया