MENU

मेरो कथा मेरो भोगाई

वैदेशिक रोजगारी र विश्व मानसिक स्वास्थ्य दिवस

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

आज २५ अाैं विश्व मानसिक स्वास्थ्य दिवस । ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नारा सहित मनाइँदैछ । शरीरमा लागेको रोग सबैले देख्छन् तर मनमा लागेको रोग कसैले देख्दैन । यो भनाई ठिक रहेछ । 

यो कुरा मैले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरेपछि थाहा पाएँ । मानसिक स्वाथ्यका क्षेत्रमा काम गर्न थालेको ४ वर्ष पुरा हुन लाग्यो । यस अवधिमा मैले वैदेशिक रोजगारीका  कारणले गर्दा थुप्रै मानसिक रुपमा समस्यामा परेका व्यक्ति तथा परिवारलाई भेटें । 

वैदेशिक रोजगारीको क्षेत्रमा मानसिक समस्या सिधै पैसासँग जोडिँदो रहेछ । त्यसपछि मात्रै कामको बोझ अनि सम्बन्धका कारण मानिस मानसिक समस्याको सिकार हुँदा रहेछन् । 

सुरुसुरुमा व्यक्तिले मानसिक समस्या दवायर राख्ने गर्छन् । हाम्रो सामाजिक मूल्यमान्यताले मानसिक समस्या दबाएर राख्नु दबाउनु पनि जायज नै रहेछ । 

मानसिक रोग लागेका कतिपय व्यक्ति औषधी उपचारमा नगएर परम्परागत मूल्य मान्यतालाई आत्मासाथ गर्दै जाने गर्दछन्  । जसले गर्दा अवस्था जटिल बन्दै जान्छ । 

कमाउन गएको छोरा मानसिक रोगी भएर घर फर्किएपछि सासुससुराले अलग्गै राखिदिएको तितो यर्थात सर्लाहीकी राजमनिया देवीसँग छ । मानसिक समस्या भएको छ भन्ने थाहा पाएपछि परिवारले पनि सहयोग नगर्ने र सकेसम्म पन्छिने प्रवृत्ति अझैपनि कायमै छ । 

वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले पनि शारीरिक रोगलाई नै महत्व दिएको छ । शारीरिक रुपमा रोगी बिरामीलाई केही रकम सहयोग गर्ने गरेको पनि छ । तर मानसिक रुपमा विक्षिप्त भएर घर फर्किएका विरामीलाई वास्तानै नगर्ने मानसिकता अझै हटेको छैन ।

हाम्रो समाज र सरोकारवाला व्यक्तिहरुमा मानसिक रोग सम्बन्धी गलत धारणा अझै नहटेकैले यस्तो भएको हो । जबसम्म समाजमा विद्यमान यो मान्यतालाई निमुर्ल पार्न सकिदैँन, त्यतिञ्जेलसम्म दिवस मनाउनुको सार्थकता पनि त्यति धेरै हुन्छ जस्तो लाग्दैन । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।