MENU

मेरो कथा मेरो भोगाई

​एनआरएनएमा नीति जमुनाको, नेतृत्व भवनको !

–धरम केसी

निश्चित गन्तब्य तर्फको लामो यात्रामा हिँडेको यात्री १/२ ठक्करमै हरेश खाँदैन, बिचलित हुँदैन । हरेक चुनावले शिक्षा र अनुभव दिन्छन् । थप खारिँदै जाने अवसर दिन्छन् । अघिल्लो चुनावले मुलतः राजनीति मात्रै सिकाएको थियो, यसपटककोले त साम, दाम, दण्डभेद सबै सिकायो । 

कतिपय प्रबृत्ती र पात्रहरूको असली भित्रीरूप जान्न, देख्न पाइयो । चुनावी प्रतिस्पर्धामा नगएको भए केवल अन्दाज मात्र गर्न सकिनेथियो । अनुभूति नै गर्न मिल्ने थिएन ।

एनआरएनएको आठौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट भिजन २०२० तथा बियोण्ड पारित भएको छ । अब एनआरएनए फाउण्डेशन र पोलिसी इन्स्टिच्युट स्थापना हुनेभएका छन् । त्यस्तै संस्थागत संरचना, कार्यनीति र स्वरूपमा पनि सकारात्मक परिमार्जन हुने भएका छन् ।

एनआरएनएलाई श्रमिकमैत्री बनाउन मुख्य बाधकका रूपमा रहेको पछिल्लो समयमा चर्किएको पञ्जिकृत सदस्यता शुल्क घटेर विधानमै तोकिने भएपछि साउदी अरब लगायतका मुलुकहरूमा सदस्यता बिस्तार गर्न अब मार्ग प्रसस्त भएको छ । 

अब साउदी अरबले मिशन २०२० अर्थात २० रियालमा २०२० सम्ममा २० हजार सदस्य पञ्जिकृत गर्ने लक्ष्य लिनुपर्छ । अनि देखिनेछ मध्यपूर्वमा र सिंगो विश्व सञ्जालमै साउदी अरबको यथार्थ आकार, प्रकार र सामथ्र्य ।

त्यसो त यो विश्व सम्मेलनमा साउदी सहभागिता झण्डै ३ गुणाले बढेको थियो । यद्यपी हाम्रो आफ्नै लक्ष र तयारी मुताविक भने निकै कम नै रह्यो । चुनाव जित्न अत्यावश्यक रणनीतिक कला कौशल तथा तयारीमा पनि हाम्रा उल्लेख्य कमि कमजोरी रहे । जसले गर्दा म पुनः ठूलो मतान्तरमा पराजित भएँ । चुनावी प्रतिस्पर्धामा जित्नुहुनेलाई बधाई छ ।

एनआरएनए एउटा अभियान पनि भएकाले आफ्नो जिम्मेवारी र भूमिका अझै बढाउने छु । आठौं विश्व सम्मेलनको घोषणा पत्रमा बैदेशिक रोजगारको बुँदा नं ८ आज आफ्नै हातले लेख्न पाउँदा र त्यही नै घोषणा हुँदा पनि संस्थाको केन्द्रीय नीति, निर्णयमा हाम्रो पनि सहभागिता र सह स्वामित्व रहने अनुभूति भयो ।

मलाई साथ, समर्थन गरी दिन रात खट्नु हुने सबै शुभ चिन्तक तथा सहकर्मी मित्र महानुभावहरू प्रति कृतज्ञ र आभारी छु, निराश नहुनुहोस् र निराश पार्ने छैन । असल मित्रहरूको टीम नै हाम्रै सहयोग र समर्थनमा बिजयी बनेको छ । मतदान चल्दै गर्दा नै भवन भट्टले भन्नुएको थियो चुनावी नतिजा जे जस्तो भएपनि तपाईंले मसँग काम गर्नुपर्छ । सहयात्रा र सहकार्य जारी रहनेछ । नीति जमुनाको, नेतृत्व भवनको रहनेछ र संस्था एकताबद्ध नै रहिरहनेछ ।

जय एनआरएनए ।

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।