MENU

मेरो कथा मेरो भोगाई

​मलेसियामा छोराले काम गर्ने तलव नपाउने !

आदम कवारी, शंकरपुर २, सर्लाही

मेरो छोरा नसिव रैन मिया २०७३ चैतमा मलेसिया गएको हो । छोरालाई मलेसिया पठाउन मैले टाउकोमा दुई लाख श्रृण बोकेको छु ।

छोरा प्रोडक्सन अपरेटरको काम भनेर मलेसिया गयो । त्यहाँ पुगेपछि सप्लाईको काम पायो । तर सप्लाईको काम भनेको जता दाम उतै काम हुँदो रहेछ ।  कामको केहि टुँगो छैन । दाम चाँहि साहुले लिने गर्दछ ।

छोराले दिनरात नभनि मलेसियामा काम चाँहि गरेको छ । तर दामचाँहि पाएको छैन । अचेल दिनहुँ रुदै छोराले फोन गर्छ । आठ महिना बितिसक्दा पनि कामको टुँगो छैन भन्छ । म यो कम्पनी छोडेर अन्यत्रै काम गर्दछु भन्छ । 

छोराको रुन्चे स्वरलाई मत्थर पार्न मैले भन्ने गरेकोछु– 'हाड भए मासु पलाउँछ ।भागेर काम नगर ।' 

छोरा भाग्ने गुदि कुराचाँहि काम 'बेटा'का दाम कम्पनीको रहेछ । दामको निहुँमा मेनेजरसँग जसले कुरा गर्छ उ अब सप्लाईको काम गर्न योग्य हुदो रहेछ ।

म छोराको दाम र काम मिलाउनको लागि सर्लाहीको हरिवन सूचना केन्द्रबाट काठमाण्डौंको म्यानपावर कम्पनीसम्म धाएको छु । अहिलेसम्म केहि भएको छैन । सूचना केन्द्रले म्यानपावरमा कुरा गर्छु, भएन भने विभागमा उजुरी गर्नुपर्छ भनेको छ । 

म्यानपवारले म गर्छु भन्छ । म्यानपावरको काम झुलाउने भन्दा केहि रहेनछ । त्यैपनि स्वास छउन्जेल आश मरेको छैन । 

मैले दवाव दिएर केहि गर्ला जस्तो छैन  । लौन कुर्सिमा बस्ने अधिकार पाएका व्यक्तिले तागत देखाउनु परो । तागत कानुनले दिएको छ भन्ने सुनेकोछु । म्यानपावर होईन अब उनिहरुको नाम झेलपावर राखे हुन्छ । झुलाउने भन्दा केहि काम गर्दैनन् । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।