MENU

मेरो कथा मेरो भोगाई

​पासपोर्ट हरायो भन्ने म्यानपावर नयाँ पासपोर्ट बनाउने पैसा दिन बाध्य भयो

धन बहादुर गुरुङ/कास्की

विदेश जाने निधो भएपछि मैले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाएँ । पैसा चाहिँ दिएको थिइन् । पासपोर्ट दिएको एक महिना, दुई महिना मात्रै होइन दुई वर्ष हुँदा पनि विदेश पठाउने छाँटकाँट देखाएन ।

मैले त्यो बिचमा धेरै पटक पासपोर्ट फिर्ता दिन आग्रह गरें तर म्यानपावरका कर्मचारीले पासपोर्ट हराएको भन्दै खोजिदिन्छु मात्रै भनिरहे । पासपोर्ट फिर्ता पाइन्छ कि भनेर घर फर्किएर पर्खिएँ । मैले फोन गरिरहन्थें तर पछि त म्यानपावरको फोन नै उठ्न छोड्यो ।

फोन उठ्न छोडेपछि केही नलागेर फेरि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय पुगें । कार्यालय पुगेपछि मलाई प्रशासन फाँटका कर्मचारीले सूचना केन्द्रमा पठाइदिए । मैले मेरो सबै समस्या सुनाएपछि सूचना केन्द्रबाट म्यानपावरमा फोन गर्नुभयो ।

फोन गर्दा म्यानपावरका कर्मचारीले सूचना केन्द्रका व्यक्तिलाई पनि मलाई भनेकै कुरा भन्यो । पासपोर्ट हराएकाले खोजिदिने आश्वासन दिए म्यानपावरका कर्मचारीले । त्यसपछि सूचना केन्द्रका कर्मचारीले मलाई केहि समय पर्खिन लगाएर म्यानपावरमा पटक पटक फोन गर्नुभयो ।

लगातार फोन गरेपछि म्यानपावरले सूचना केन्द्रले छोड्ने रैन रैछ भन्ने बुझेछ कि क्या हो अन्तिममा नयाँ पासपोर्ट बनाउने पैसा दिने भयो । अनि १५ दिनमा सूचना केन्द्रकै पहलमा नयाँ पासपोर्ट बनाउन १० हजार रुपैयाँ दिन बाध्य भयो । 

(सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कास्कीकी परामर्शकर्ता जुना केसीले गर्नुभएको कुराकानीमा आधारित) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।