MENU

मेरो कथा मेरो भोगाई

​विदेश पुगेपछि मात्रै पैसा चिनें

कुमार राई/हरिहरपुर गाउँपालिका–२, सिन्धुली

म २०६९ साल भदौ २९ गते साउदी अरबको नजरान भन्ने ठाउँमा अफिस ब्वाईमा गएको हो । प्लस टु पढिसकेपछि पहिलो पटक विदेश गएको सुरुमा तसाह्रै दुःख पाएँ । भनेको काम पाइन । भनेको तलब पनि दिएन । काम पनि धेरै गाह्रो थियो सामान लोड अनलोड गर्नुपर्ने । त्यो पनि धेरै भारी । 

त्यसपछि मात्रै मैले पैसा चिनें । घरमा हुँदा काम गर्ने बानी नभएको तर त्यहाँ त काम गर्दिन भन्न पनि पाइन् । त्यसैले त्यस्तै दुःख गरेर १८ महिना बसें । केही महिना दुःख भएपनि त्यसपछि केही सजिलो भयो । दुःख भएपनि कमाई चाहिँ हुन्थ्यो । त्यसैले १८ महिनामा फर्किंदा झण्डै सात लाख रुपैयाँ कमाएर ल्याएँ । 

मेरो आमा अनमी हुनुुहुन्छ । मलाई पनि सानैदेखि त्यही विषय पढ्ने रहर थियो । त्यसैले विदेशबाट फर्किएपछि मैले सिएमए पढें । सिएमएको कोर्स सकेपछि अहिले क्लिनिक चलाइरहेको छु । त्यसैले राम्रो छ । 

विदेशबाट फर्किएका मेरा कुरा विदेश जाने तयारी गरिरहेका धेरैका लागि उदाहरण हुन सक्छ भन्ने लाग्थ्यो । त्यसैले जिल्ला समन्वय समितीले सञ्चालन गरिरहेको सूरक्षित आप्रवासन परियोजनामा रिटर्नी स्वयमसेवकका रुपमा काम गरिरहेको छु । म अहिले साविकको पिपलपाडी गाविसमा रिटर्नी स्वयमसेवक पनि हुँ ।

(सञ्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।