MENU

मेरो कथा मेरो भोगाई

कुवेतमा भूकम्प : परिवार भन्दा टाढा भएका बेला मरिने हो कि भन्ने लाग्यो

डिबी भुसाल/स्याङ्जा, हाल कुवेत ।

आइतबार मेरो साप्ताहिक बिदा थियो । त्यसैले म कोठामै थिएँ । साँझ परेपछि साथीहरु क्यारेमबोर्ड खेल्न बाहिर निस्किए । कपडामा आइरन गर्नुपर्ने भएकाले म चाहिँ कोठामै बसें ।

आइरन लगाइसकेपछि साथीहरु आउनुभन्दा अघि नै खाना बनाउँछु भनेर खाना बसाएर  मासु काट्दै थिएँ । मासु काट्न सुरु गरेको मात्रै थिएँ रिंगटा लागे जस्तो भयो । सुरुमा त के भएको हो भन्ने मैले ठम्याउनै सकिन । 

तर हातमा भएको चक्कु खसेपछि म आत्तिएँ । पाँच तलामा भएकाले मज्जैले हल्लिएको थियो । यसो माथि हेरेको त बल्बहरु पनि हल्लिँदै रहेछन् । त्यसपछि मात्रै मैले भूकम्प आएछ भन्ने ठम्याएँ । 

किचनमा भएकाले सुरुमा अर्को कोठामा भएका पर्स, मोवाइल लिनुपर्छ भन्ने लाग्यो । तर कोठातिर जानै लाग्दा हामी बस्ने बिल्डिङकै माथिल्लो तलामा बस्नेहरु आत्तिएर भाग्दै गरेको देखेपछि मलाई पनि के को पर्स, के को मोवाइल भन्ने लाग्यो । अनि म पनि भागें । 

आत्तिएका बेला कोही पनि लिफ्टतिर गएनन् । सबै सिँढीबाटै भागे । सिँढीबाट ओर्लिएर भाग्दै गर्दा त नेपालको जतिको भुकम्प आयो भने त त्यो भन्दा धेरै क्षति हुन्छ जस्तो लाग्यो । किनकि सबै ठूल्ठूला भवन । त्यसमाथि भाग्नलाई खुल्ला ठाउँ पनि थिएन् ।

त्यसैले अब परिवारबाट टाढा भएका बेला विदेशमै मरिने पो हो कि भन्ने पनि सोचें । तर धन्न त्यस्तो भएन । केहीबेरमा इराक र इरानमा भुकम्प गएको थाहा पाएपछि कुवेतमा आएको त्यसको धक्का रहेछ भन्ने थाहा भयो ।

त्यसपछि अलिक ढुक्क भयो । त्यो थाहा पाएपछि बाहिर निस्किएकाहरु पनि केहीबेर बसेर कोठामा फर्किए । आज त यहाँको अवस्था सामान्य छ ।

(कुवेतको फर्वानियामा रहेका भुसालसँग मोहन पौडेलले गरेको कुरामा आधारित) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।