MENU

मेरो कथा मेरो भोगाई

​म्यादी प्रहरीको जागिर खाएपछि विदेश जाने नजाने दोधारमा

सुवदार महतो/इश्वरपुर नगरपालिका १३, सर्लाही ।

१२ कक्षामा पढ्दै गर्दा मेरो बिहे भयो । यो ४ वर्ष अघिको कुरा हो । बिहे छोरा पनि जन्मियो । केही समय अघिसम्म परिवारको चलेको जीवन अब आफैं चलाउनुपर्ने भयो, त्यो पनि अभिभावक भएर । 

त्यतिबेला पढाई स्नातक तहमा पुगेको थियो । मैले कुनै राम्रो देश जानुप¥यो भन्ने सोचेर डेनमार्क जान प्रक्रिया सुरु गरें । एक महिना दुई हुँदै १ वर्ष भइसक्दा डेनमार्क जान सम्भव नभएपछि मैले खाडीकै देश भएपनि जानुपर्‍यो भन्ने सोचें । 

त्यसका लागि आफन्त पर्ने रामदेव महतोलाई पासपोर्ट दिएँ तर जान पाएको थिइनँ । त्यतिबेला नै स्थानीय तहको चुनाव हुने भयो । चुनावका लागि म्यादी प्रहरी मागियो । मलाई म्यादीको जागिर अवसर भएर आयो । फारम भरें । छनौट भएर म्यादीको जागिर खाएँ । 

स्थानीय तहको चुनावमा म्यादी प्रहरी भएर ७२ हजार ५ सय रुपैयाँ हात पारें । त्यसले मलाई आशा मात्रै जगाएन विदेश जाने कुरामा नै सोच्न बाध्य बनायो । अहिले फेरि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो । यस पटक पनि म छनौट भएँ । 

अहिले मलाई यस्तै कमाई हुने काम नियमित रुपमा गर्न पाउने भए किन विदेश जानुपथ्र्यो र भन्ने लागिरहेको छ । त्यसैले सरकारले युवाका लागि यस्तै खालका कामको अवसर दिलाइदिए हुन्थ्यो । 

(सर्लाहीको ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भट्टराईले गर्नुभएको कुराकानीमा आधारित ) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।