MENU

मेरो कथा मेरो भोगाई

श्रीमान् जेलबाट छुटेर घर आउँदै गरेको सुन्दा क्यान्सरको पीडा पनि कम भयो

कृष्णमाया श्रेष्ठ/सिन्धुपाल्चोक ।

तपाईंहरुलाई भनेपछि पक्कै पनि सहयोग हुन्छ भन्ने थियो । त्यसैले म हिँड्न सक्ने अवस्थामा नहुँदा पनि घिस्रिए जस्तै गरेर सिन्धुपाल्चोकको चौतारामा रहेको सूचना केन्द्रमा पुगेको थिएँ । 

त्यहाँबाट तपाईंहरुले कात्तिक २२ गते खबर लेखिदिनुभयो । खबर लेखेपछि म्यानपावरले पनि चासो देखायो । अनि सूचना केन्द्रबाट पनि उद्धार गर्ने संस्थामा पहल गरिदिनु भएछ । 
त्यसपछि उहाँलाई जेलबाट निकाल्न पहल सुरु भएको रहेछ । म यहाँ कहिले उहाँ जेलबाट छुटेको खबर आउँछ भनेर पर्खिरहेको थिए ।

उहाँले जेलबाट निस्किएपछि नन्दे भाईलाई फोन गर्नुभएको रहेछ । नन्दे भाइलाई नै म छुटेको अनि अब बुधबार बेलुकाको फ्लाइट छ भन्ने कुरा पनि सुनाइदिनु भन्नुभएको रहेछ । नन्दे भाइले मलाई फोन गरेर सुनाउँदा म त कति खुसी भएँ भएँ ।

 

नन्दे भाइसँग त ‘ए हो र ?’ मात्रै भन्न आएछ । खुसी त कति छु कसरी भनौं र । आफ्नो ज्यान क्यान्सरले थलिएको छ तर पनि मलाई मेरो पीडा कम भए जस्तै लागिरहेको छ । 
उहाँले आज (बिहिबार) बिहान म आइपुगें भनेर फोन गर्नुभयो ।

मैले आज त्यतै बस्ने कि आउने भनेर सोधें । उहाँले आजै बेलुकासम्म आउँछु अनि कुरा गरौंला भन्नुभएको छ म उहाँको बाटो हेरिरहेको छु । उहाँलाई जेलबाट छुटाउन सूचना केन्द्रले नै पहल सुरु गरेको हो । त्यसैले सबै भन्दा पहिला त त्यहाँका सर म्याडमलाई धन्यवाद । अनि तपाईंहरुलाई पनि धन्यवाद । 

(जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी स‌ंयाेजक रीना श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित)

 

यो पनि पढ्नुहोस् ।

जेलबाट छुटे भनेका श्रीमान् मलेसियामै हराए, क्यान्सरले थलिएकी कृष्णमाया श्रीमानको बाटो हेर्दै

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।