MENU

मेरो कथा मेरो भोगाई

युवालाई विदेश जान बाध्य बनाएर कहिलेसम्म मनाउने आप्रवासन दिवस ?

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

आज १८ डिसेम्बर अर्थात १७ औं विश्व आप्रवासन दिवस । विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आप्रवासन सामाजिक समस्या भएकोले यसले प्रतक्ष्य अप्रत्यक्ष रुपमा सामाजिक लागत बढाउँदै छ । 

मैले सामाजिक लागत भनेर आप्रवासनका कारणले निम्तिने शारिरीक, मानसिक र सामाजिक भन्न खोजेको हुँ । झट्ट हेर्दा आप्रवासनका कारणले के ठूला समस्या आउलान र भन्ने लाग्न सक्छ । किनकी हामीले अहिलेसम्म वैदेशिक रोजगारीले घर बनाएका र गाडी किनेका कुरामा मात्रै ध्यान दिएका छौं । 

हुन पनि परिवारको आर्थिक अवस्था सुधार्न मात्रै होइन गाउँ तथा शहरको विकासमा कतै न कतै वैदेशिक रोजगारीको योगदान छ नै । गाउँमा पक्की घर बनेकै छन । बेरोजगार युवाले रोजगारी पाएका छन् । 

तर यसले पारेको नकारात्मक कुरा हेर्ने हो भन विदेश जाने युवा पासपोर्ट बनाउन थाल्दादेखि विदेश पुगेपछि पनि पाइलैपिच्छे ठगिएका छन् । कहिले विदेश पठाउनेले त कहिले काम दिनेले ठगिरहेका छन् । विदेश जाने व्यक्ति ठगिन कम हुने छाँटकाँट छैन । कानुन बनेका छन तर प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा ठगि रोकिएको छैन । 
ठगिएर विदेश पुगेको व्यक्तिले आफ्ना सबै सपना पुरा गर्न सक्दैन । यसले उसलाई त तनावमा पार्छ नै परिवार पनि प्रभावित हुन्छन् । कैयौं युवा ठगिँदै छु अनि विदेश पुगेपछि पनि ठगिन्छु भन्ने जान्दा जान्दै विदेशिन बाध्य छन् ।

रोजगारी नपाउनु व्यक्तिगत समस्या अनि परिवारको पेट पाल्न नसक्नु पारिवारिक समस्या यिनै समस्या लिएर दैनिक सयौंको सङ्ख्यामा उडिरहेका युवालाई कहिलेसम्म यसरी नै जान बाध्य बनाइरहने ? युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिँदैन ? 

देश विकासको मेरुदण्ड मानिने युवा शक्तिलाई विदेश जान बाध्य पारेर हामी कहिलेसम्म  आप्रवासन दिवस मनाइरहने ? अनि दिवस मनाउँदा सधैं ठगिएकै कुरा गरिरहने ? हामीले आप्रवासन दिवस मनाउँदा विदेशमा हाम्रा कामदारको अवस्था राम्रो हुँदैछ वा भएको छ भन्ने कुरा सुन्न पाइँदैन र ? 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।