मेरो कथा मेरो भोगाई
युवालाई विदेश जान बाध्य बनाएर कहिलेसम्म मनाउने आप्रवासन दिवस ?
- Monday, Dec 18, 2017
- 11:18 AM (4 months ago)
- Total Views: 911
दुर्गाप्रसाद भट्टराई/सर्लाही ।
आज १८ डिसेम्बर अर्थात १७ औं विश्व आप्रवासन दिवस । विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आप्रवासन सामाजिक समस्या भएकोले यसले प्रतक्ष्य अप्रत्यक्ष रुपमा सामाजिक लागत बढाउँदै छ ।
मैले सामाजिक लागत भनेर आप्रवासनका कारणले निम्तिने शारिरीक, मानसिक र सामाजिक भन्न खोजेको हुँ । झट्ट हेर्दा आप्रवासनका कारणले के ठूला समस्या आउलान र भन्ने लाग्न सक्छ । किनकी हामीले अहिलेसम्म वैदेशिक रोजगारीले घर बनाएका र गाडी किनेका कुरामा मात्रै ध्यान दिएका छौं ।
हुन पनि परिवारको आर्थिक अवस्था सुधार्न मात्रै होइन गाउँ तथा शहरको विकासमा कतै न कतै वैदेशिक रोजगारीको योगदान छ नै । गाउँमा पक्की घर बनेकै छन । बेरोजगार युवाले रोजगारी पाएका छन् ।
तर यसले पारेको नकारात्मक कुरा हेर्ने हो भन विदेश जाने युवा पासपोर्ट बनाउन थाल्दादेखि विदेश पुगेपछि पनि पाइलैपिच्छे ठगिएका छन् । कहिले विदेश पठाउनेले त कहिले काम दिनेले ठगिरहेका छन् । विदेश जाने व्यक्ति ठगिन कम हुने छाँटकाँट छैन । कानुन बनेका छन तर प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा ठगि रोकिएको छैन ।
ठगिएर विदेश पुगेको व्यक्तिले आफ्ना सबै सपना पुरा गर्न सक्दैन । यसले उसलाई त तनावमा पार्छ नै परिवार पनि प्रभावित हुन्छन् । कैयौं युवा ठगिँदै छु अनि विदेश पुगेपछि पनि ठगिन्छु भन्ने जान्दा जान्दै विदेशिन बाध्य छन् ।
रोजगारी नपाउनु व्यक्तिगत समस्या अनि परिवारको पेट पाल्न नसक्नु पारिवारिक समस्या यिनै समस्या लिएर दैनिक सयौंको सङ्ख्यामा उडिरहेका युवालाई कहिलेसम्म यसरी नै जान बाध्य बनाइरहने ? युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिँदैन ?
देश विकासको मेरुदण्ड मानिने युवा शक्तिलाई विदेश जान बाध्य पारेर हामी कहिलेसम्म आप्रवासन दिवस मनाइरहने ? अनि दिवस मनाउँदा सधैं ठगिएकै कुरा गरिरहने ? हामीले आप्रवासन दिवस मनाउँदा विदेशमा हाम्रा कामदारको अवस्था राम्रो हुँदैछ वा भएको छ भन्ने कुरा सुन्न पाइँदैन र ?
मेरो कथा मेरो भोगाई
तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।
विशेष
समाचार
-
वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
काठमाडौं, वैशाख ८ – वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
काम लाग्ने संघ सस्था
- मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) More
- श्रम तथा रोजगार मन्त्रालय More
- प्रवासी नेपाली समन्वय समिति More
- नेपाली दुतावास, मलेशिया More
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस