MENU

मेरो कथा मेरो भोगाई

हाम्रो समाज कति कुरुप छ भन्ने वैदेशिक रोजगारीका समस्या हेर्दा बुझिन्छ

सुजाता उप्रेती/भर्जिनिया, अमेरिका ।

वैदेशिक रोजगारीमा जाने कामदारका अधिकार र सुरक्षाका लागि काम गर्ने सिलसिलामा कामदार, तिनका परिवार, सरकारी अड्डा, अन्य सरोकारवाला र म्यानपावर कम्पनीसँग काम गर्ने अवसर मिल्यो । झण्डै ७ वर्ष काम गर्दा कामदारका साथै अन्य सरोकारवाला निकायका समस्या र कमजोरी जान्ने मौका पाएँ । 

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार, गैरसरकारी संघसंस्था र सञ्चारमाध्यमहरुले काम गरिरहेका छन् । हरेक वर्ष डिसेम्बर १८ को छेक पारेर एउटा नारा बनाएर साताव्यापी कार्यक्रम गर्ने पनि गरिएको छ ।  

तैपनि वैदेशिक रोजगारीका क्रममा नेपाली दाजुभाइ दिदीबहिनी समस्यामा परेको वा ज्यान गुमाएको समाचार दिनहुँजसो आइरहेकै छ । जबसम्म वैदेशिक रोजगारका क्रममा भएका कुनै पनि समस्या वा दुर्घटनालाई सुक्ष्म रुपमा अध्ययन गरिँदैन हाम्रा दाजुभाइ दिदीबहिनी विदेशमा श्रम शोषणमा पर्ने, ज्यान गुमाउने र दुघर्टनामा पर्ने घटना दोहोरिरहन्छन् । 

उज्यालो अनलाइनमा प्रकाशित समाचारमा छोराको मृत्युवापत आउने क्षतिपूर्तिका लागि ससुराले बुहारीलाई गरेको व्यवहार सम्झें । त्यो समाचार पढेपछि लाग्यो, हाम्रो समाज कतातिर जाँदैछ । अब यसबारे चिन्तन गर्ने बेला भएको छ । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने क्षतिपूर्ति आउँदैन भन्ने थाहा पाएपछि विदेशमा ज्यान गुमाएकाको परिवारले शव विदेशमै कुहियोस्, किन ल्याउनु पर्‍यो भन्छन् । छोराको मृत्युपछि बुहारीले अर्कोसित बिहे गर्छे भनेर कागजात लुकाई दिनेहरु सासुससुरा पनि भेटिन्छन् । 

यस्ता समस्याहरुले हाम्रो समाजको कुरुपता झल्काउँछ । यी समस्या सम्बोधन गर्न सरकार र सरोकारवालाले ध्यान दिन आवश्यक छ । 

कति नेपाली कामदारको शव महिनौंदेखि विदेशबाट ल्याउन सकिएको छैन । विदेशमा अलपत्र पर्नेहरुको संख्या घटाउन सकिएको छैन । जेलमा रहेका युवाको अवस्थाबारे खोजीनीति गर्न सकिएको छैन । कति नेपाली युवा विदेशमा बाध्यकारी श्रम गरिरहेका छन् । 

परिवर्तन एक्लै सम्भव छैन । वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबैजना एकजुट हुन जरुरी छ । कसैको स्वार्थमा कोही नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् । 

उप्रेती, सेन्टर फर सोसियल चेन्जमा आवद्ध हुनुहुन्छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।