साउदीमा कामदारको गुनासो सुन्न दूतावासले तोक्यो कर्मचारी

 भदौ ४, २०७६ बुधबार १५:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साउदी अरबमा रहेको नेपाली दूतावासले कामदारका समस्या र गुनासो सुन्न छुट्टै कर्मचारी तोकेको छ ।

दूतावासका द्वितीय सचिव तारा गौतमलाई गुनासो सुन्ने अधिकारी तोकिएको दूतावासले जनाएको छ । दूतावासकाअनुसार साउदी अरबका विभिन्न ठाउँमा वैदेशिक रोजगारीको सिलसिलामा रहेका नेपाली र विशेषगरी नेपाली महिलाले भोग्नुपरेका रोजगारीसँग सम्बन्धित समस्या समाधानको लागि छुट्टै कर्मचारी तोकिएको हो ।

गुनासो या समस्या भएका फोन नं. ०५३४३४३१९१ र ईमेल [email protected], [email protected] मा सम्पर्क गर्न दूतावासले भनेको छ ।

तपाईको प्रतिक्रिया