MENU

मेरो कथा मेरो भोगाई

वैदेशिक रोजगारीले महिलालाई शसक्त बनाएको छ

रामप्रमेश मण्डल/सप्तरी । 

श्रीमान् विदेश गएपछि श्रीमतीलाई जिम्मेवारी थपियो, बोझ बढ्यो भन्ने कुरा आइरहन्छ । सामान्य रुपमा हेर्दा हो जस्तो पनि लाग्छ तर यसलाई सकारात्मक तरिकाले हेर्ने हो भने यसले महिलालाई सशक्त बनाउन भूमिका खेलेको छ । 

रोजगारीका लागि पुरुष विदेशिएपछि उनीहरुले गर्ने सबै कामको जिम्मेवारी महिलामा आएपछि महिलाहरुको सशक्तिकरणमा प्रत्यक्ष सहयोग पुगेको छ । महिला अधिकारको कुरासँगै महिलाको आर्थिक विकास रआर्थिक पक्षमा महिलाको पहुँचको लागि सबै पक्षबाट सहयोग हुनु आजको आवश्यकता हो । 

परम्परागत रुपमा महिलाहरुले गर्दै आएको कामहरुमा क्रमिक रुपमा परिवर्तन भईरहेको छ । यसका पछाडि महिलाको शसक्तिकरणको माध्यमहरु मध्ये एउटा महत्वपूर्ण माध्यम बनेको छ वैदेशिक रोजगार। 

महिलालाई पुरुष सरह नै हरेक तहमा अनिवार्य तर अर्थपूर्ण सहभागिता गराउनु आवश्यक छ । समान्यतया हाम्रो समाजमा भएका हरेक विषयबस्तु सकारात्मक र नकारात्मक, उचित र अनुचित, उपयुक्त र अनुपयुक्त विविध पक्षहरुलाई केलाउँदै निर्णय लिनसक्ने वस्तुगत चेतनाको विकास नै वास्तविक सशक्तिकरण हो । 

परम्परागत दृष्टिकोणका रुपमा प्राचिनकालका थोत्रा आदर्श र कुरीति, कुसंस्कारलाई बुझेर ती विचार र दृष्टिकोणको प्रतिशोध गरेर देशको ऐन नियम र विधानले तोकेको र दिएको महिला अधिकार र उनीहरुको हकप्रति सचेत, सजग नै महिला सशक्तिकरणको सूचक हो । 

वैदेशिक रोजगारीका लागि पुरुषहरु विदेशिएको अवस्थामा महिलाहरुको काँधमा थप जिम्मेवारीको बोझ थपिएको छ । परिवारमा पुरुषहरु भएको अवस्थामा धेरैशारीरिक परिश्रम पर्ने कामहरु पुरुषले नै गर्ने गरेको, हाटबजार तथा निर्माण र सहयोग लिने काम समेत पुरुषले गर्दै आएको तर पुरुषहरु रोजगारीका लागि विदेशिएको अवस्थामा ती सबै जिम्मेवारीहरु महिलाले बहन गर्नुपर्ने भएको छ ।  

खेतीपाती लगाउने, बस्तुभाउ पाल्ने, हाटबजार गर्ने, छोराछोरीको पालनपोषण, घरायसीकाम गर्न तथा गराउनका लागि सहयोग लिने, नातेदारसँग सम्बन्ध बढाउने लगायतका कामको जिम्मेवारी थपिएको छ । यसरी जिम्मेवारी थपिँदा महिलाको तार्किक क्षमता बढेको छ । 

महिलाहरु पुरुषसरह आफ्ना परिवार सम्हालिरहेका छन् । श्रीमान् वा आफ्नो परिवारका पुरुषले पठाएको रकमको व्यवस्थापन तथा सदुपयोग गरेका छन् । यी सबै महिला सशक्तिकरणका सूचक हुन् । सुन्दा सामान्य लाग्न सक्छ तर सामाजिक सञ्जालहरुमास्वदेश तथा विदेशको विषयवस्तु बारे जानकारी राख्न सक्ने हुनु पनि त सशक्तिकरणको उदाहरण हो ।

पुरुषहरु रोजगारीमा रहेका परिवारका महिलाहरुको क्षमतामा विकस भए जस्तै महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ ।सरकारले खुला गरेका देशहरुमा महिलाले पनि आफ्ना इच्छा र आवश्यकताको आधारमा वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर रोजगारीमा गएका छन् । उनीहरु विदेश गएर कमाएर फर्किएका मात्रै छैनन विदेशको संस्कार संस्कृति पनि सिकेका छन् । 

महिलाहरु घरबाहिरको कामकाजमा संलग्न हुने, अड्डा अदालत, बजारमा किनमेल, बैंकिङ कारोबार गर्ने, तालिममा सहभागी हुने, घुमफिर गर्ने, समाजिक काम, राजनीतिमा सहभागी हुने र समुदायको विकासमा पनि अगुवाई गरिरहेकी छन् ।

वास्तवमा वैदेशिक रोजगारीले एकतिर महिलाहरुलाई जिम्मेवारीको बोझ थपेको छ भने अर्कातिर ती कार्यभार र जिम्मेवारीको कारण समुदायका महिलाहरुको चेतनास्तरमा वृद्धि भएको छ । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।