बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 असोज ९, २०७६ बिहिबार १०:३५:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ केही बढेको छ । 

बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२  पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । 

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ । बुधबार खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ४१ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ १० पैसा बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको थियो । 

कोरियन वनको भाउ आज बिहीबार केही घटेको छ । १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३  पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९१ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १६ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया