मेरो कथा मेरो भोगाई
गार्मेन्टको सीप सिक्न झोला बोकेर काठमाडौं आएपछि
- Tuesday, Apr 03, 2018
- 15:04 PM (3 weeks ago)
- Total Views: 1.5 K
केसरीकुमारी पौडेल/हरिवन, सर्लाही ।
मेरा दुई छोरी छन् । छोरीहरु साना हुँदा घरव्यवहार चलाउन खासै गाह्रो थिएन । छोरीहरु ठूला भए । दायित्व पनि बढ्यो । श्रीमानले विदेश जाने सल्लाह गर्नुभयो ।
यहाँ गरेको कामले हामी हामीलाई खान त पुग्छ तर छोरीहरुलाई राम्रो स्कुल पढाउने भनेर नै हो उहाँले विदेश जाने निधो गर्नुभएको । तर मेडिकल गर्दा छातिमा दाग देखियो ।
उहाँको मेडिकल अनफिट भएपछि म नै विदेश जान्छु भनेर श्रीमानसँग भनेँ । उहाँले पनि राम्रो कामका पाए मात्रै जानु भन्नुभयो । पासपोर्ट चाहिँ बनाएर राख्नु प¥यो काम राम्रो मिले जानु पर्छ भन्ने सोचले बनाउन गएको थिएँ ।
पासपोर्ट बनाउँन जाँदा जोर्डको बारेमा जानकारी पाएँ । त्यसपछि त मैले सीप सिकेर जोर्ड नै जान्छु भन्ने निधो गरें । पोसपोर्ट बनाउन गएको थिएँ, तर जाने देश र गर्ने कामको पनि टुङ्गो लगाएर फर्किएँ ।
जोर्डनमा गार्मेन्टको कामको बारेमा श्रीमानलाई सुनाएँ । उहाँ पनि खुसी हुनुभयो । श्रीमतीलाई विदेश पठाउने निर्णय लिँदा धमिलो भएको उहाँको मन पनि जोर्डनको बारेमा थाहा पाएपछि उज्यालियो । त्यसपछि म गार्मेन्टको काममा जानका लागि सीप सिक्ने झोला बोकेर काठमाडौं लागेँ ।
हामी जस्ताका लागि निःशुल्क पाइने यो गार्मेन्ट सीप जागिर जस्तै भएको छ । यो सीप त जोर्डनमा मात्र हैन नेपालमै पनि काम लाग्ने रहेछ । काठमाडौंमा आएर अहिले सुर्वर्ण मल्टिपल ट्रेनिङ सेन्टरमा सीप सिक्दैछु । यहाँ त हरेक कुरा सिक्न पाइयो ।
पहिले न विदेशको बारेमा थाहा थियो न सीपको महत्व । अहिले त धेरैकुरा जानियो । सीप सिकेर जाँदा विदेशमा दुःख पाइन्न भन्ने आत्मविश्वास बढेको छ । जोर्डन पुगेपछि यो काम आउछ भन्दा अलमलमा पर्दिन । मैले सीपसँगै आत्मविश्वास पनि बढाएको छु ।
(केसरीकुमारीसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)
मेरो कथा मेरो भोगाई
तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।
विशेष
समाचार
-
घर फर्कने पैसा नभएर मलेसियामा अलपत्र परेका ३० नेपालीको उद्धार
काठमाडौं, वैशाख १३ – मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ ।
-
दूतावासले मलेसियाको पाहाङ राज्यमा रहेका नेपालीसँग अन्तरक्रिया गर्ने
वैशाख १३ – मलेसियाको नेपाली दूतावासले पाहाङ राज्यमा काम गर्ने नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ ।
-
साउदीमा मृत्युदण्डमा पाएका उमेशलाई माफी दिन पीडित परिवार तयार
काठमाडौं, वैशाख १३ – पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई माफी दिन पीडित परिवार तयार भएको छ ।
-
कतारमा अलपत्र तीन नेपालीको पत्रकार महासंघको पहलमा उद्धार
काठमाडौं, वैशाख १३ – कतारमा अलपत्र परेका ३ जना नेपालीको उद्दार भएको छ ।
काम लाग्ने संघ सस्था
- मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) More
- श्रम तथा रोजगार मन्त्रालय More
- प्रवासी नेपाली समन्वय समिति More
- नेपाली दुतावास, मलेशिया More
रेडियो कार्यक्रम
-
देश परदेश ३०४
कार्यक्रम देश परदेशको अंक ३०४ परदेशीका परिवारले आम्दानी, खर्च र लगानीका बारेमा जानकारी पाएपछि उनीहरु...
Download Podcast -
देश परदेश ३०३
Download Podcast -
देश परदेश ३०२
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस