MENU

मेरो कथा मेरो भोगाई

विदेश उड्दा देख्ने सपना र यहाँको यथार्थ

मणी सुवेदी, काठमाडौं/हाल युएई

म १० वर्षदेखि युएईमा छु । अहिले फेसिलिटी मेनेजमेन्ट कम्पनी अन्तर्गत एयरपोर्टमा काम गर्छु । मलाई यहाँ नेपालीका समस्या कुरा गर्न मन लागेको छ । युएईमा रहेका नेपालीहरुका समस्या यी मात्रै हुन भन्न सक्ने अवस्था छैन ।

किनकी यहाँ रहेका नेपालीहरुले धेरै खालका समस्या झेलिरहेका छन् । कसैलाई त यहाँ छिरेदेखि नै समस्या सुरु हुन्छ । पहिलो कुरा त हामीलाई एउटा आश्वासन दिएर यहाँ ल्याइएको हुन्छ ।

परदेशिनेलाई पुरा हुने मात्रै होइन पुरा हुनै नसक्ने सपना पनि देखाएर ल्याइन्छ । तर यथार्थमा हुँदैन । त्यो सपना सपना मात्रै हुन्छ । अनि आउनेहरुको सोचाई पनि विदेश अझै खाडीका देश भनेको त पैसा फल्ने ठाउँ हो भन्ने छ । 

परिवारको बुझाइ पनि त्यही नै हुन्छ । परिवारको सदस्य विदेश पुगेको भोलि पल्टदेखि नै उसले कमाउन थाल्यो भन्ने सोचिन्छ । तर यथार्थमा यहाँ त्यस्तो छैन । उनीहरुले आफूले देखेका सपना पुरा गर्न धेरै दुःख गरेका छन् । 

भनेको तलब र सेवा सुविधा भन्दा धेरै तल बसेर काम गर्नु परेको छ टे«ड भन्दा बाहिर सामान्य कामदारका रुपमा आउने नेपालीहरुले । एक त कम तलब र सुविधामा काम गर्नु परेको छ । त्यही पैसा पनि समस्या पाउँदैनन् । 

अर्को समस्या भन्दा पनि रोग जस्तै भएको छ भिजिट भिसा । नेपालमा भिजिट भिसाका बारेमा सरोकारवालाहरुले बुझाउन सकेको जस्तो लाग्दैन । न सरकारले बुझाउन सकेको छ न वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने संघसंस्थाले नै बुझाउन सकेका छन् । भिजिट भिसामा जाँदा दुःख पाइन्छ भनेर बुझाउन सक्नुपथ्र्यो । 

सरकारले भिजिट भिसा आउन रोकेको त छ । तर पनि यही भिसामा आउने युवाहरु लाम लागेका छन् । यसमा सरकार र सम्बन्धित निकायसँगै हामी सामाजिक क्षेत्रमा काम गर्नेहरु पनि जिम्मेवार छौं । किनकी वर्षौं विदेशमा बसिसकेपछि हाम्रो पनि केही न केही जिम्मेवारी अवश्य पनि हुन्छ ।

अरु गर्न नसकेपनि हामीले परदेशिन लागेकाहरुलाई सुसुचित त गर्न सकिन्थ्यो अनि सकिन्छ पनि । त्यो गर्न नसक्दा यो समस्या महामारी जस्तै भएको छ । त्यहाँ पुगेपछि त तिम्रा सुखका दिन सुरु हुन्छन भनेर झुठा आश्वासन दिएर ल्याइन्छ तर यहाँ आइसकेपछि खाने बस्ने टुङ्गो हुँदैन ।

केही दिन अगाडि मात्रै एक जना नेपाली समुद्रको बिचमा रहेको बालुवाको टापु जस्तो ठाउँमा बसेर एक जना बंगलादेशी नागरिकको सहयोगमा त्यहाँबाट निस्किन सकेको कुरा आएको थियो । त्यो पनि एउटा उदाहरण हो ।

यस्तो नहोस भन्नका लागि हामी सबैले चेतना जगाउन सक्नुपर्छ । जबसम्म मान्छेलाई यसरी जाँदा अप्ठ्यारोमा पर्न सकिने रहेछ भन्ने थाहा हुँदैन तबसम्म मान्छे आइरहन्छ । 

महिलाहरुको हकमा पनि घरेलु कामदारका रुपमा आउनेहरुलाई पनि समस्या छन् । महिलाहरु समस्या पनि धेरै छन् । मेरो भनाईको अर्थ घरेलु काममा आउने सबै समस्यामा छन भन्ने होइन तर समस्यामा परेकाहरुले पनि खुलेर भन्न नसकेको चाहिँ यथार्थ हो । 

आफूले सोचेको जस्तो नहुँदा कतिले त आत्महत्या पनि गरेका छन् । यसको कारण आफूले देखेको सपना र परदेशको यथार्थ फरक हुनु नै हो । सारमा के भन्न सकिन्छ भने आफूले सोचेको जस्तो नहुँदा मान्छेले फ्रस्टेसनमा गइरहेका छन् । 

त्यसैले हामीले विदेशमा कमाउन त्यति सजिलो छैन । त्यसैले धेरै सोचेर विचार गरेर मात्रै पाइला चाल्नुपर्छ भन्ने कुरा बुझाउनु आवश्यक छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।