MENU

मेरो कथा मेरो भोगाई

​पहिलाको बाँझो जमिनबाट अहिले कमाउन थालेको छु

दिपा आचार्य/रुपाकोट मझुवागढी नगरपालिका–१, खोटाङ

मेरो ६ जनाको परिवार छ । अहिले म मेरो परिवारसँगै रमाइरहेको छु । एक जना छोरा, एक छोरी अनि सासु ससुरा गरी ६ जना छौं । गएको वर्षसम्म हामी मंसिरको धान काटिसकेपछि २ रोपनी खेत बाँझै छोड्थ्यौं । तर यो वर्ष जमिन बाँझो छैन ।

यो कुरा मैले वित्तिय साक्षरता कक्षामा सिकें । कक्षामा भएको छलफलपछि त्यस्ता जमिनमा केहि न केहि लगाउनु पर्ने रहेछ भन्ने थाहा पाएँ । त्यसले नै हामीलाई विपन्नताबाट सम्पन्नतातिर लाने रहेछ भन्ने बुझें । त्यही बाँझो जमिन आम्दानीको स्रोत हुने रहेछ ।  

बाँझो रहेको जमिनमा ९ सयको मुलाको बीउ किनेर २ रोपनी जग्गामा रोपें । अरु खेती भन्दा मुला खेती गर्न सजिलो हुँदै गयो । मंसिर अन्तिममा लगाएको मुला फागुणमा बेच्ने बेला भयो । मुलाको भाउ र बजार पनि राम्रो भएकोले मैले दिक्तेलमै केजीको ५० रुपैयाँसम्ममा बेचें । त्यसबाट ४५ हजार कमाइ भएको छ ।

पहिलो चोटी नै राम्रो कमाइ भएपछि धेरै खुशी छु । यसले मलाई परिश्रम गरे आम्दानी बढ्न केहीबेर लाग्दो रहेन छ भन्ने सिकाएको छ । योजना बनाएर अगाडी बढ्ने हो भने साँच्चै आफ्नो परिवारको भविष्य सफल पार्न सकिन्ने कुरा यो कक्षामा सिकाइ भएको छ । अब मैले श्रीमानसँग टनेलामा तरकारी खेती गर्न सल्लाह गरिरहेको छु । 

तीन वर्ष साउदी बसेर फर्किनुभएका श्रीमान पनि मेरो कुरामा सहमत हुनुहुन्छ । अब हामी व्यवसायिक रुपमै खेती गर्ने योजनामा छौं । 

 

प्रस्तुती : मिन प्रसाद आर्चाय/वित्तिय साक्षरता सहजकर्ता, बाल सेवा समाज नेपाल नेर्पा, खोटाङ     
 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।