MENU

मेरो कथा मेरो भोगाई

​१७ वर्षको उमेरमै कतार पुग्दा

अफसिल खान/कपिलवस्तु ।

एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । 

त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । 

विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट गरिदिने तिम्रो काम हो भने । मलाई काम राम्रै लाग्यो । त्यसैले कतार जान मन्जुर भएँ । 

१७ वर्ष मात्रै लागेको थिएँ । घरको अभावले अत्तालिएको मनलाई चिसो बनाउन म कतार लागें । एसी पसलमा काम गर्ने सपना बोकेर कतार उड्दै गर्दा मलाई एसीले चिसो भएका बेला तातो अनि तातो भएका बेला चिसो बनाउँछ भन्ने बाहेक केही थाहाँ थिएन ।  

कतार पुगेको भोलिपल्ट काममा जाँदा पो साच्चै थाहा भयो विदेशको वास्तविकता । एसी  पसलको मेरो काम परिवर्तन भइसकेको रहेछ । विल्डिङ कन्स्ट्रक्सनको काममा लगायो । तातो घाममा काम गर्नुपर्दा एकमदै दुःख भयो । 

न भनेको समयमा खान पाइयो न आनन्दले निदाउन । बिरामी परेको बेलामा औषधी उपचार समेत पाइएन । अरु दुःख त सुनाएर साध्यै छैन । कमाउन आएको मानिसले दुःख भयो भनेर के चित्त दुखाउनु भनेर आफूलाई सम्हालें ।

त्यहाँ न आमा बुवा थिए, न त आफन्त । चित्त बुझाउनु बाहेक अर्को विकल्प पनि त थिएन मसँग । बिरामी हुँदा तातो पानी दिने मान्छे पनि नहुँदा चाहिँ साह्रै दुःख लाग्थ्यो । बेलुका कामबाट थाकेर आयो ।

खाना पकायो अनि खायो । बिहान त थकाइले उठ्न नसक्दा भोकभोकै काममा गइन्थ्यो । तलब भने महिनाको त्यस्तै एक हजार रियाल थियो । कुनै महिना त त्यति पनि आउँदैनथ्यो  ।

मेरो जस्तै विदेशमा भएका धेरैको दुःख एउटै एउटै होला । तर आफूले त्यति दुःख सहँदा परिवारमा छाएको खुसीलाई हेरेर पनि चित्त बुझाउनु पर्दो रहेछ । बहिनीको बिहे गर्नु थियो ।

समयमै बिहे नगरे त्यसको त यस्तो भनेर समाजले भन्ने । जहाँ पनि कुरा त पैसाकै आउँथ्यो । दुई वर्ष कतारमा दुःख गरेर बहिनीको बिहे गराएँ । भाइलाई पढाएँ अनि धेरथोर आमा बुवालाई पनि दिएँ । 

दुई वर्षपछि फर्किएर अहिले गाउँमै मोटरसाइकल ग्यारेजमा काम गरिरहेको छु । महिनाको १० हजार रुपैयाँ त कमाउँछु तर सधैं यसरी पुग्दैन । फेरि पनि विदेश जान मन छ । तर पहिले जस्तो दलालको भरमा हैन ।

राम्रो काम र कम्पनी खोजेर जान्छु । देश जुन भएपनि हुन्छ तर काम र कमाइ चाहिँ राम्रो हुनुपर्‍यो । अब एक पटक विदेश गएर कमाएर फर्किएपछि चाहिँ यतै केही व्यवसाय गर्नुपर्ला भन्ने योजना बनाएको छु । 

(अफसिल खानसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।