MENU

मेरो कथा मेरो भोगाई

परदेशीका आमाले बुहारीलाई ‘पख न’ भन्ने होइन माया गर्नुपर्छ

सुनमाया तामाङ/रामेछाप

म अहिले  ५० वर्षको भएँ । मेरो श्रीमान र श्रीमान पनि तीन छोरा अनि तीन छोरी छोरी छन् । एक छोरा र एक छोरी विदेशबाट भर्खरै आएका छन् । उनीहरु धेरै विदेशमै छन् ।

व्यवहार आफूले धाने पनि मनमा ढुक्क चाहिँ हुँदैन । मेरो छोरो बाहिर छ । बुहारी काठमाडौंमा बस्छिन् । उनलाई अहिलेसम्म मैले ठूलो स्वरमा गाली गरेको छैन । उनलाई नानी छोराले पठाएको पैसा सही ठाउँमा खर्च गर ।

जोगाउनु पनि पर्छ भनेर सम्झाउँछु । के के कुरामा खर्च गर्छौ त्यसको लेखाजोखा राख भन्छु । अनि मलाई पनि अलिकति पैसा तिम्रै हातले पठाइदेउ है भन्छु । त्यति भयो भने उनीहरुका बुढाबुढीको झगडा हुँदैन नी ।

अनि मैले पनि कहाँ कहाँ खर्च गरें भने लेखेर राख्छु । त्यति भएपछि मलाई पनि त पछि अप्जस आउँदैन नी । अहिले पनि मेरो सासु ससुरा हुनुहुन्छ । मलाई सासुले नराम्रो गर्नुभयो भन्न खोजेको होइन । तर पनि बुहारीहरुलाई व्यवहारिक कुरा भन्ने अनि यस बारेमा सल्लाह गर्ने चलन थिएन । 

तर म स्वयमसेविका भएकाले देखेर धेरै कुरा सिकें । म गाउँ गाउँमा पुग्दा विदेश गएकाका परिवारहरुमा पनि पुग्थें । धेरै परिवारमा सासु बुहारीको सम्बन्ध राम्रो नभएको देख्थें । अनि यस्तो त गर्नु हुने रहेनछ भन्ने कुरा बुझ्थें । 

फेरि स्वयम सेविका भएपछि यसलाई धेरै कुरा थाहा हुन्छ भनेर साध्छन् । उनीहरुलाई म यस्तै कुरा सिकाउँछु पनि । आफू सकारात्मक भएपछि आफूलाई पनि त्यस्तै व्यवहार हुँदो रहेछ भन्ने उदाहरण म नै हुँ ।

किनकी मैले अहिलेसम्म बुहारीलाई नराम्रो भनेको छैन अनि बुहारीले पनि त्यस्तो केही भनेका छैनन् । उनीहरुले मलाई चाडबाडमा पैसा पठाइदिन्छन् । त्यो पैसा पनि कहाँ खर्च गरें भनेर मैले त हिसाब राख्ने गरेको छु । 

मान्छेको मन न हो । कहिले काहिँ त चित्त बुझ्दैन नी । तर त्यसो भन्दैमा गाली गर्नु हुँदैन । उनीहरुलाई राम्रो बोलीले सम्झाउनुपर्छ । गाली गर्यो भने त बाटै बन्द भइहाल्छ नी । 

कुन कुरामा चित्त बुझेको छैन । त्यो कुरा प्रष्टसँग भन्नुपर्छ । मनमा रिस लिएर बस्नु हुँदैन । त्यसैले परदेशीका आमाहरुले बुहारीसँग त्यसै अनुसारको व्यवहार गर्नुहुँदैन । 

(मोहन पौडेलसँगको कुराकानीबाट) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।