विदेश जानेलाई सूचना दिन प्रशासन कार्यालयमा डिजिटल बोर्ड

 कात्तिक २०, २०७६ बुधबार १५:३१:३०

धादिङ – वैदेशिक रोजगारीमा जान लागेकालाई सूचना दिन जिल्ला प्रशासन कार्यालय धादिङ परिसरभित्र डिजिटल बोर्ड सञ्चालन गरिएको छ ।

निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा डिजिटल बोर्ड सञ्चालनमा ल्याईएको हो ।

पासपोर्ट बनाउन प्रशासन कार्यालय पुग्ने युवाले लाइनमा बस्दा पनि वैदेशिक रोजगारीको विषयमा जानकारी प्राप्त गरुन भन्ने उदेश्यले डिजिटल बोर्ड राखिएको धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो ।

बोर्डमा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रवाह हुने सूचना तथा जानकारी, वैदेशिक रोजगारीको प्रक्रिया, वैदेशिक रोजगारीको चुनौती र जोखिमहरु, वैदेशिक रोजगारीको लागि आवश्यक पर्ने कागजपत्र, फ्रि भिषा, फ्रि टिकटको प्रक्रिया, सीपको महत्व र सुरक्षित वैदेशिक रोजगारीको विषयमा जानकारी समावेश गरिएको छ ।
 

तपाईको प्रतिक्रिया