MENU

मेरो कथा मेरो भोगाई

मलेसियामा महाथिर नेतृत्वको सरकार : नेपाली कामदारलाई फाइदा

कुमुद खनाल

जुन हिसावले बंगालादेशी कामदारलाई मलेसियाका एजेन्सीले भर्ती गर्ने गरेको छन्, नयाँ सरकार त्यसको विरुद्धमा जान्छ ।  नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदको विगत हेर्ने हो भने यसो भन्न सकिन्छ ।

अनवर इब्राहिमलाई २ वर्षपछि  प्रधानमन्त्री बनाउने सम्भावना धेरै छ । उनी जेलमुक्त पनि भइसकेका छन् । बंगलादेशी कामदार भर्ती गर्ने विपक्षमा अनवर पनि छन् । बंगलादेशी कामदारले मलेसियाको सामाजिक संरचनामा खलल पारेका उनीहरुले ठहर गरेका छन् । 

साथसाथै बायोमेट्रिक पनि खारेज हुने सम्भावना छ । निवर्तमान प्रधानमन्त्री नाजिव रजाककी श्रीमती यसमा संलग्न भएको पुष्टि भइसकेको छ । फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टमबाट नाजिवकी श्रीमतीको गोजीमा पैसा जान्थ्यो । अब त्यो रहन्न । तर त्यसका लागि नेपाल सरकारले तारन्तार ताकेता चाहिँ गर्नुपर्ने हुन्छ । 

मलेसियाको विदेश नीतिमा तत्कालै फरक भने आउँदैन । किनभने महाथिर पनि यसअघि सत्तामा रहेको पार्टीका उत्पादन हुन् । अनवर पनि त्यही पार्टीका उत्पादन हुन् । त्यही भएकाले नीतिगत परिवर्तन आउँदैन । विदेशी कामदारलाई उपयोग गर्ने नीतिमा भने फरक पर्न सक्छ । ५० प्रतिशत विदेशी कामदार र ५० प्रतिशत स्थानीय कामदार रहने नीति लागु हुनसक्ने सम्भावना धेरै छ । 

अहिले नयाँ सरकार आइसकेपछि नेपाली कामदार पनि सुरक्षित हुन्छन् । मलेहरुले नेपाली रुचाउँछन् । तर यसमा नेपाल सरकारले मलेसियासँग गर्ने सम्झौता, नेपाली कामदारले स्थानीयसित गर्ने व्यवहारले पनि फरक चाहिँ पर्न सक्छ । महाथिरले चाहिँ दक्षिण एसियाका कामदारमध्ये नेपालीलाई नै सिफारिस गर्छन । 

वर्तमान प्रधानमन्त्री महाथिर २/३ वर्षअघि नेपाल पनि आएका थिए । त्यसबेला होटल हायातमा देश विकास कसरी गर्नुपर्छ भन्ने विषयमा उद्योगी व्यवसायीसँग छलफल भएको थियो । त्यसबेला सरकारले गल्ती भने गरेको छ । महाथिरलाई अस्वीकार जस्तै गरेको छ ।

हाथिरको जुन खुवी थियो, त्यो किसिमको उनलाई सम्मान दिइएन । अवश्य त्यसबेला नेपाली दूतावासले पनि गल्ती गरेको थियो । सरकारलाई महाथिरको व्यक्तित्वबारेमा दूतावासले जानकारी गराउन नसकेकै हो । 

(नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष तथा मलेसिया मात्रै कामदार पठाउने व्यवसायी खनालसित रीतु थेबेले गरेको कुराकानीमा आधारित । मलेसियामा भर्खरै सम्पन्न चुनावपछि महाथिर मोहम्मदको प्रधानमन्त्रीत्वमा नयाँ सरकार गठन भएको छ ।) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।