यूएई पठाउन २ लाख ५ हजार लिने बानेश्वरको ओशो रिक्रुटमेण्टमा विभागको छापा

 मंसिर २५, २०७६ बुधबार १७:५५:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएई जाने श्रमिकसँग दुई लाख ५ हजार लिंदै गर्दा बानेश्वरको ओशो रिक्रुटमेण्टमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

सरकारले शून्य लागतमा श्रमिक जान पाउनेगरी नयाँ समझदारी गरेको देश यूएई पठाउन दुई लाख ३० हजार मागिरहेको उजुरीको आधारमा बुधबार टोलीले म्यानपावरमा छापा मार्दा श्रमिकसँग पैसा लिएर गन्दै गरेको भेटिएको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो ।

यूएईमा ड्राभइरको काममा पठाउनका लागि पैसा मागेपछि श्रमिकले केही दिनअघि नै मौखिक गुनासो गरेपछि विभागले बुधबार म्यानपावरमा छापा मारेको हो ।

श्रमिकले म्यानपावरलाई बुझाएको पैसा र केही कागजात जफत गरिएको विभागले जनाएको छ । म्यानपावरका सञ्चालक र व्यवस्थापकलाई बिहीबार विभागमा बयानका लागि आउन र चार दिन भित्रमा श्रमिकलाई यूएई पठाउन पनि विभागले पत्राचार गरेको छ ।

मुद्दा फरकारक नहुँदासम्मका लागि ओशो रिक्रुटमेण्टको काम पनि रोक्का गरिएको छ । अनुसन्धान सक्किएर मुद्दाको फरफरक भएपछि मात्र म्यानपावरले काम गर्न पाउने विभागका सूचना अधिकारी गुरागाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया