बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही बढ्यो

 माघ १, २०७६ बुधबार १०:३७:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ केही बढेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ १२ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ पैसा ९१ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ पैसा ९८ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५१ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ५१ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया