कतारमा अब घरेलु श्रमिकले पनि तीन दिन अघि जानकारी दिएर काम छाड्न सक्ने

 माघ २, २०७६ बिहिबार १७:४३:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारमा घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने भएका छन् । 

कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि यो नियम ल्याएको हो । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य थियो ।

कतारले गरेको नयाँ निर्णअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, कृषि, सरकारी तथा सार्वजनिक संस्थान र आवधिक प्रकृतिका कम्पनीमा काम गर्ने श्रमिकले आफ्नो करार अवधिमै काम छाड्न सक्नेछन् । तर यो नियम कतार प्रहरीमा भने लागू हुने छैन । 

नयाँ कानुनले नयाँ श्रम बजार खुलाउनको लागि प्रोत्साहन गरेको सरकारी सूचना अधिकारीले बताएका छन् । नयाँ श्रम कानुनले दक्ष श्रमिक ल्याउन सहयोग पुग्ने कतारको विश्वास छ । 

कतारले गएको वर्षको अक्टोबरमै यो प्रणाली लागू गर्ने भनेको थियो र २०२० को जनवरीबाटै काफला प्रणाली पूर्णतया खारेज गरिने जनाएको थियो ।

तपाईको प्रतिक्रिया