खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमितको सँख्या चार हजार नाघ्यो, बहराइनमा सङ्क्रमित तीन नेपालीको उपचार हुँदै

 चैत १२, २०७६ बुधबार १०:९:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडीका ६ देश र मलेसियामा कोरोना सङक्रमितको सँख्या चार हजार नाघेको छ । खाडीका देशको तुलनामा मलेसियामा सङक्रमितको सँख्या बढी छ । मलेसियामा मात्रै १७ सय ९६ जना सङक्रमित भएक छन् ।

तर अहिलेसम्म पनि नेपाली श्रमिक भने सङक्रमित भएका छैनन् । बराइनमा तीन जना नेपाली उपचाररत छन भने यूएईमा सङ्क्रमित भएका दुई जना नेपाली निको भइसकेका छन् । कोरोना सङ्क्रमितको सँख्या बढेसँगै जोखिम पनि बढिरहेको छ । त्यसैले यी देशमा हुनुहुन्छ भने सुरक्षा सतर्कता अपनाउनुहोस् ।

विश्वका एक सय ९६ देशका चार लाख ३६ हजार ४२० जनामा सङ्क्रमण फैलिसकेको छ । १९ हजार ६३९ जनाको ज्यान गएको छ भने एक लाख ११ हजार ८ सय ८० जना निको भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतार

सङ्क्रमित सङ्ख्या : ५ सय २६
निको भएर घर फिरेकाहरु : ४१

अस्पतालमा उपचाररत : ४ सय ८५

कतार सरकारको सल्लाह :

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । 

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । 

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर :

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । 

दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।   यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

यूएई

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ । 

सङ्क्रमित सङ्ख्या : २ सय ४८

निको भएर घर फिरेकाहरु : ४५

अस्पतालमा उपचाररत : २०१

मृतकको सँख्या : २

यूएई सरकारको सल्लाह :

पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । 
कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोबाइल एपहरु गर्नुहोस् । 

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

साउदी अरेबिया 

सङ्क्रमित सङ्ख्या : ७६७

निको भएर घर फिरेकाहरु : २८

अस्पतालमा उपचाररत : ७३८

मृतकको सँख्या : १

साउदी सरकारको सल्लाह  ः

सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोललाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।  

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

साउदी सरकारले सोमबारदेखि २१ दिन रात्रीकालिन करफ्यु लगाएको छ । त्यसैले सुरक्षित रहनुहोस् । कर्फ्युको पालना गर्नुहोस् । नत्र कारबाही पनि हुन्छ । कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् । 

अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (ध्जबतकब्उउ समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

बहराइन 

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

सङ्क्रमित सङ्ख्या : ४१९ तीन नेपालीसहित 

निको भएर घर फिरेकाहरु : १७७

अस्पतालमा उपचाररत : २३९

मृतकको सङ्ख्या : ३

बहराइन सरकारको सल्लाह :

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।  सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ । 

कुवेत 

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।

कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातीको समयमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिवाना हुन्छ । त्यसैले सुरक्षित रहन र कर्फ्युको पालना गर्न दूतावासले अनुरोध गरेको छ । 

सङ्क्रमित सङ्ख्या : १९५

निको भएर घर फिरेकाहरु : ४३

अस्पतालमा उपचाररत : १५२

कुवेत सरकारको सल्लाह :

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् । घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

ओमान 

सङ्क्रमित सङ्ख्या : ९९

निको भएर घर फिरेकाहरु : १७

अस्पतालमा उपचाररत : ८२

ओमान सरकारको सल्लाह :

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् । ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया 

कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो । । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित सङ्ख्या : १७ सय ९६

निको भएर घर फिरेकाहरु : १९९

अस्पतालमा उपचाररत : १५ सय ७८

मृतकको सङ्ख्या : १९

मलेसिया सरकारको सल्लाह :

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।
 

तपाईको प्रतिक्रिया