बहराइनमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण

 चैत २१, २०७६ शुक्रबार १५:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दारले उज्यालोलाई जानकारी दिनुभयो ।

यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । यससघि सङ्क्रमण भएका तीन जनाको अवस्था भने स्थिर रहेको राजदूत सुन्दासले बताउनुभयो । सङ्क्रमणको आशंकामा एक जना नेपाली अहिले क्वारेण्टीनमा रहेका छन् ।

ज्वारो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएकामा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

थप सङ्क्रमण रोक्न कुनै भेला, सभा, समारोह नगर्न दूतावासले सबैलाई आग्रह गरेका छ ।

तपाईको प्रतिक्रिया