प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाखलाई रोजगारी

 जेठ १५, २०७७ बिहिबार १६:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाखलाई रोजगारी सृजना गरिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आथिर्क वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको दायर विस्तार गरी थप दुई लाखलाई रोजगारी सृजना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बिनियोजन गर्नुभएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा सार्वजनिक विकास निर्माणका कार्यक्रम सञ्चालनका लागि कार्य प्रविधिमा आधारित भएर सञ्चालिन गर्न बजेट छुट्टाइएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया