युएईले दिएको आममाफीमा यसरी सहभागी बनौं (इन्फोग्राफ)

 साउन २७, २०७५ आइतबार ११:३:१४ | उज्यालो सहकर्मी

काठमाडौं – युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय आइतबार १२ दिन भयो । गएको अगष्ट १ देखि आममाफी सुरु भएको हो । 

अक्टोबर ३१ सम्म दिइएको आममाफीमा अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् । अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले अनुरोध गरेको छ । 

दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् । 

आममाफीमा कसरी सहभागी हुने (इन्फोग्राफ)

इन्फोग्राफ सौजन्य : सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स्

याे पनि पढ्नुहाेस् 

युएईमा आममाफी : सम्पर्कमा आउन अवैधानिक कामदारलाई नेपाली दूतावासको आग्रह

तपाईको प्रतिक्रिया