वैदेशिक रोजगारीमा जाने कामदारको खर्च रोजगारदाताले नै तिर्ने व्यवस्था लागु गर्न कार्यदलको सिफारिस

 साउन २८, २०७५ सोमबार २०:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीका नयाँ गन्तव्य देश र सरकारले आफैं पठाउन सक्ने अवस्था बारे अध्ययन गर्न गठन बनेको कार्यदलले वैदेशिक रोजगारीमा जाने कामदारको खर्च रोजगारदाताले नै तिर्ने व्यवस्था लागु गर्न सरकारलाई सिफारिस गरेको छ । 

कार्यदलले विश्वव्यापी रुपमा नै वैदेशिक रोजगारीमा जाने कामदारको खर्च रोजगारदाताले व्यहोर्ने पद्धति अथवा इम्प्लोयर पे मोडेल लागू गर्नुपर्ने भनाई आइरहेको भन्दै कामदारको खर्च रोजगारदाताले नै तिर्ने व्यवस्था लागु गर्न सिफारिस गरेको हो । 

सरकारले वैदेशिक रोजगारी नयाँ गन्तव्य देश र सरकारले आफैं पठाउन सक्ने अवस्था बारे अध्ययन गर्न साउदी अरबका लागि नेपालका पूर्व राजदूत उदयराज पाण्डे संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

सिफारिसमा त्यसका लागि सरकारले कामदार पठाउने देशसँग द्विपक्षीय श्रम सम्झौता वा समझदारी गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ । 


 

तपाईको प्रतिक्रिया