स्वास्थ्य परीक्षणका नाममा मलेसियामा नेपाली कामदार ठग्ने बेस्टिनेट कम्पनी कारबाहीमा

 साउन २९, २०७५ मंगलबार १७:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन गरेको छ । 

मलेसिया जाने नेपाली कामदारसँग यो कम्पनीसहित विभिन्न ३७ कम्पनीको सिन्डिकेट कायम भएको र नेपाली कामदार ठगिँदै आएका थिए । स्वास्थ्य परीक्षणपूर्व नै प्रतिव्यक्ति कामदारले मेडिकल दर्ता शुल्क १ सय २५ रिंगिट अर्थात ३ हजार ४ सय २० नेपाली रुपैयाँ  ती कम्पनीको खातामा जम्मा गर्नु पर्ने अवस्था रहेको छ ।

मलेसियाका मानव संशाधान मन्त्री एम कुलासेगरनले नेपाली कामदारको मलेसियामा स्वास्थ्य परीक्षणलगायतका विषयमा देखिएको समस्या हल गर्न छिट्टै नै सम्झौता हुने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया