भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
मैले सबैले सानो भन्ने अनि सुरु गर्नै अप्ठ्यारो मान्ने काम गरेर कसरी घर खर्च जुटाउन सकिने रहेछ भन्ने कुरा गएको मंसिरदेखि सिक्न थालेको हुँ । विदेश गएका मान्छेको परिवारलाई दिइने वित्तीय साक्षरता कक्षामा यो कुरा सिकेकी हुँ ।
मेरो पनि श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँले पैसा पनि पठाउनुहुन्छ । ३/४ महिनामा पैसा आउँथ्यो । तर त्यसको भरमा बस्नु हुने रहेनछ भन्ने थाहा पाएँ । कक्षामा धेरै कुरा हुने रहेछन् । विदेश जानु अघि नै के के कुरा ख्याल गर्नुपर्ने रहेछ, त्यहाँ पुगेपछि कसरी सुरक्षित भएर काम गर्ने भन्ने पनि बुझाइँदो रहेछ । त्यो भन्दा पनि विदेश गएका व्यक्ति परिवारलाई नभई नहुने कुरा सिकाइने रहेछ यो कक्षामा ।
अरु कुरासँगै आर्थिक कुरा चाहिँ सबैका लागि चाहिने थियो । मलाई पनि त्यो नै उपयोगी भयो । मेरो श्रीमान विदेश जानुभएको छ । अहिले पनि उहाँ विदेशमै हुनुहुन्छ । तर श्रीमान् विदेशमा भएपनि केही अघिसम्म पैसा नभएर साह्रै फिटिफिटी हुन्थ्यो ।
एकपटक त्यस्तै भयो । छोरा बिरामी थियो । उपचार गर्नलाई पैसा भएन । छिमेकीसँग माग्दा पनि नपाएपछि माइततिरबाट काम चलाएँ । त्यसपछि चाहिँ श्रीमान् वा आफन्त विदेशमा भएपनि घरमा हुनेले पनि काम गर्नुपर्ने रहेछ भन्ने बुझें ।
कक्षामा पनि विदेश गएका मान्छेका परिवारले के के गरेर आम्दानी गर्न सक्छन भन्ने कुरा सिकाउनुभएको थियो । त्यही कुरा सम्झिएर मैले लाज, अप्ठ्यारो केही नमानी चटपट बेच्न थालें । अहिले त्यतिबेलाको जस्तो अभाव छैन ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।