रिंगिट, दिर्हाम र रियालको आइतबारकै मूल्यमा सटही गर्न सकिने, वन थोरै बढ्यो

 भदौ १८, २०७५ सोमबार १०:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ र बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ०१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय २ रुपैयाँ ०६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया