मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

 भदौ १९, २०७५ मंगलबार १०:२७:९ | उज्यालो सहकर्मी

काठमाडौं – मंगलबार रियाल, दिर्हाम, दिनार लगायतका विदेशी मुद्राको भाउ सोमबार भन्दा केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रिदर ३१ रुपैयाँ १० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ र बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३ सय ७७ रुपैयाँ ११ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १  रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय २ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया